जनकपुर– लोक कल्याणकारी विज्ञापनको भुक्तानी माग्दै शान्तिपूर्ण विरोधमा उत्रिएका सिरहा र सप्तरीका ९ पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ। शान्तिपूर्ण विरोधमा गएका पत्रकारलाई प्रहरीले बल प्रयोग गर्दै नियन्त्रणमा लिएको हो।
आज धनुषास्थित जिल्ला हुलाक कार्यालयमा धर्ना र तालाबन्दीमा रहेका पत्रकारमाथि प्रहरीले हस्तक्षेप गरी महासंघ प्रदेश नम्बर २ का सचिव आरएन विश्वास, महासंघ सप्तरी शाखाका उपाध्यक्ष श्यामसुन्दर यादव, महासंघका प्रदेश सभासदद्वय वैद्यनाथ यादव, नवीनकुमार गुप्ता, सप्तरी शाखाका कार्यसमिति सदस्य भुषणकुमार सिंह र विन्दु यादव लगायत सदस्यहरु धर्मपाल राउत, गोपाल गुप्ता र परिस कर्णसहित ९ जना पत्रकारलाई पक्राउ गरेको छ।
पक्राउ गरिएका पत्रकारहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।