काठमाडौं– ललित मेमोरियल यु१८ च्याम्पियनसिपमा न्युरोड टिम (एनआरटी) ले विजयी सुरुवात गरेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा न्युरोडले च्यासल युथ क्लबलाई ४–१ ले रहायो।
एनआरटीका लागि जन माझीले पहिलो मिनेटमै गोल गरर्का थिए। तर स्यारब लो तामाङले ४४ मिनेटमा बराबरी गोल फर्काउन सफल भए।
५४ मिने६मा कृष्ण रत्न चिन्जुले गोल गरेपछि एनआरटीले खेलमा दोस्रो पटक अग्रता लिन सफल भयो।
अन्तिम १० मिनेटमा एनआरटीले २ गोल गरेको थियो। सुसन शर्मा धिताले ८१ मिनेटमा पेनाल्टी र विवेक राईले ८७ मिनेटमा गोल गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।