काठमाडौं- वैदेशिक रोजगारीका नाममा ठगी गर्ने काठमाडौं जिल्ला वडा नं ३२ का सुमन देउजा पक्राउ परेका छन्।
वैदेशिक रोजगारीका नाममा ठगी गरेर फरार रहेका प्रतिवादी देउजालाई बुधबार केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो।
निज देउजाले वैदेशिक रोजगारीका नाममा ठगि गरेको मुद्धामा वैदेशिक रोजगार न्यायाधिकरणको २०७१ माघ ४ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार नगद जरिवाना गरेको थियो।
जरिवाना ठहर भएपछि उल्लेखित सजाए बेरुजु रही फरार रहेका देउजालाई रानीवन काठमाडौबाट पक्राउ गरेको सिआइबीका एसपी दिपक रेग्मीले जानकारी दिए।
निज देउजा बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।