• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

बेलायती प्रधानमन्त्री मे र राजकुमार ह्यारीसँगको भेटमा ओलीले उठाए गोर्खा सैनिकका मुद्दा

भूमिगत रेल चढेर फ्रान्स जाँदै प्रधानमन्त्री ओली
64x64
नेपाल लाइभ बुधबार, जेठ २९, २०७६  १३:४२
1140x725

काठमाडौं- साताव्यापी युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली दुईदिने बेलायत भ्रमण सकेर आज फ्रान्स प्रस्थान गर्दैछन्। 

स्विटजरल्यान्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) शतवार्षिकी समारोहलाई सम्बोधन गरेर बेलायत भ्रमणमा पुगेका प्रधानमन्त्री ओली त्यहाँको दुईदिने भ्रमण सकेर आज फ्रान्स प्रस्थान गर्न लागेका हुन्। दुईदिने बेलायत बसाइका क्रममा प्रधानमन्त्री त्यहाँकी प्रधानमन्त्री थेरेसा मे र राजकुमार ह्यारीसँग भेट गरेका थिए।

भेटका क्रममा ओलीले गोर्खा सैन्य भर्तीसम्बन्धी नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सन्धिको व्यापक पुनरावलोकन गर्ने सम्बन्धमा कुरा उठाएको बताइएको छ।

प्रधानमन्त्री मेलाई ओलीले मंगलबार अपराह्न बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटमा भेटेका थिए। 

प्रधानमनत्री ओलीका प्रेस सल्लाकार कुन्दन अर्यालका अनुसार मेसँगको संक्षिप्त भेटमा ओलीले सन् १९४७ मा बेलायत, भारत र नेपालबीच भएको त्रिपक्षीय सन्धियता परिस्थिति निकै बदलिइसकेकाले त्यसको पुनरवलोकन गर्नुपर्ने भनाइ राखेका थिए।

मेसँगको भेटबारे सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि प्रधानमन्त्री ओलीले समकक्षी मेसँग सन् १९४७ मा गोर्खा सैनिक भर्ना सम्बन्धी त्रिपक्षीय सन्धी पुनरावलोकनको कुरा उठाएको बताए। नेपालले कुरा राखेपछि बेलायती प्रधानमन्त्री मेले त्यसलाई ‘नोटमा लिएको’ ज्ञवालीले जानकारी दिएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

भेटका क्रममा ओलीले भूतपूर्व गोर्खा सैनिकहरूका केही मागलाई सम्बोधन गरेकोमा बेलायत सरकारलाई धन्यवाद दिएका थिए।

मेले गोर्खा सैनिकहरूको ऐतिहासिक योगदानको प्रशंसा गर्दै यो विषयबारे आफ्ना उत्तराधिकारीलाई जानकारी गराउने प्रतिबद्धतासमेत जनाएको मन्त्री ज्ञवालीले जानकारी दिए। समकक्षी मेसँग भेट्नुअघि प्रधानमन्त्री ओलीले मंगलबार बिहान लन्डनस्थित नेपाली दूतावासमा भूतपूर्व गोर्खा सैनिकका विभिन्न संस्थाका अगुवाहरूलाई भेटेका थिए।

प्रधानमन्त्री ओलीसँगको छफलमा गोर्खा सैनिकहरूले निवृत्तिभरण लगायतका विषयमा आफूहरूलाई भेदभाव गरिएको बताउँदै आफ्ना मागहरू सम्बोधन नगरिए फेरि नयाँ चरणको आन्दोलन थाल्ने चेतावनी दिएका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गोर्खा सैनिकहरुले ओलीलाई दिएको सम्मान


तर बेलायत सरकारले भूतपूर्व गोर्खा सैनिकहरूप्रति भेदभाव भएको भन्ने आरोपलाई अस्वीकार गर्दै आएको छ।

बेलायती सरकारले गत मार्च महिनामा भूतपूर्व गोर्खा सैनिकहरूको पेन्सन ३४ प्रतिशतसम्म बढाइने घोषणा गरेको थियो। भूतपूर्व गोर्खा सैनिकहरूले भने सन् १९९७ भन्दा अघि सेवानिवृत्त भएका बेलायती सैनिकहरूको तुलनामा आफूहरूले पाउने पेन्सन अझै निकै कम रहेको बताउने गरेका छन्।

सत्तारूढ कन्जर्भेटिभ पार्टीको नेता पदबाट राजीनामा दिएर कामचलाउ प्रधानमन्त्री बनेकी मेसँगको भेटपछि  प्रधानमन्त्री ओलीले बेलायती राजपरिवारका राजकुमार ह्यारीसँग भेट गरेका थिए।

मंगलबार नै  केन्सिङ्टन प्यालेसमा पत्नी राधिका शाक्यसहित गएर प्रधानमन्त्री ओलीले  राजकुमार ह्यारीलाई भेटेका हुन्। ह्यारीले ३ वर्षअघि नेपालको भ्रमण गरी गोर्खा जिल्लामा भूकम्पबाट भत्किएको एउटा विद्यालय पुनर्निर्माणमा सघाएका थिए।

बेलायती सेनामा केही समय काम गरेका उनले अफगानिस्तानमा कार्यरत गोर्खा सैनिकहरूसँगै केही दिन बिताएका थिए। उनले सार्वजनिक रूपमै गोर्खा सैनिकहरुको प्रशंसा गर्ने गरेका छन्।

प्रधानमन्त्री ओलीले विपक्षी दलका नेता जेरेमी कोर्बिनसँग पनि भेटेका थिए। त्यस्तै उनले त्यहाक सांसदहरूको सर्वदलीय समूहलाई सम्बोधन पनि गरेका थिए।

भूमिगत रेल चढेर फ्रान्स जाँदै 
बेलायतको दुईदिने भम्रण सकेर प्रधामनमन्त्री ओली आज फ्रान्स प्रस्थान गर्दैछन्। प्रधानमन्त्री ओली दिउँसो बेलायतको लन्डनबाट सार्वजनिक रेल चढेर पेरिस जाने कार्यक्रम रहेको छ। 

विमानबाट जाँदा विमानस्थलमा लामो समय लाग्ने भएकाले छिटो यात्राका लागि रेलबाट आउन लागेको फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले बताए।

फ्रान्स र बेलायतबीच समुद्रमुनि अवस्थित ‘युरो टनेल’ भनिने भूमिगत रेलमार्ग हुँदै ओली फ्रान्स जानेछन्।

फ्रान्स भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले बिहीबार फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्डसँग औपचारिक वार्ता गर्ने तय भएको छ। दुई समकक्षीबीच बिहीबार बेलुका ५ बजे हुने त्यो भेटघाट करिब एक घन्टासम्म चल्ने बताइएको छ । 

नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध भएको ७०औं वर्ष भएकाले दुई देशको कूटनीतिक सम्बन्धलाई अझै विस्तार गर्ने र आर्थिक तथा सांस्कृतिक सहकार्यका विषयमा उक्त भेटघाटमा छलफल हुने छ। 

नेपालको परराष्ट्र मन्त्रालका अनुसार आफ्ना समकक्षीसँगको वार्तापछि प्रधानमन्त्री ओलीले बिहीबार साँझ नै राष्ट्रियसभामा मैत्री समूहका अध्यक्ष भेरोनिक रिओतोंलाई भेट्नेछन्। राष्ट्रियसभाले आयोजना गर्ने रात्रिभोजमा पनि उनी सहभागी हुने कार्यक्रम छ।

प्रधानमन्त्री ओलीको भ्रमणलाई फ्रान्सको राष्ट्रियसभा अन्तर्गत नेपाल—फ्रान्स मैत्री समूहले सहजीकरण गर्नेछ। प्रधानमन्त्री ओलीले फ्रान्सेली संसदीय टोलीलाई नेपाल भ्रमणको निम्तोसमेत दिनेछन्।

पेरिस रहँदा ओलीले त्यहाँ व्यापारिक समुदायका प्रतिनिधिसँग अन्तरक्रिया गर्नेछन्। त्यस्तै प्रधानमन्त्री ओलीले युरोपमा रहेका नेपाली राजदूतहरुलाई समेत सम्बोधन गर्ने कार्यक्रम छ।

प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  १३:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित
राष्ट्रपतिबाट दुई अध्यादेश जारी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्