• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ ९, २०८२ Fri, Jan 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

विप्लव समूहको कार्यकर्ता दाबी गर्दै मुद्दा हाल्दा झन्डै फसेनन् सरकारी वकिल र प्रहरी

64x64
नेपाल लाइभ बुधबार, जेठ २९, २०७६  १५:१०
1140x725

काठमाडौं– जिल्ला अदालत काठमाडौंले गलत व्यक्तिलाई अभियोजन गरी राज्यद्रोहको मुद्दा लगाएको भन्दै मुद्दा दायर गर्ने सरकारी वकिल र अनुसन्धान गर्ने प्रहरी अधिकृतलाई मुलुकी संहिता अनुसार कारबाही हुने चेतावनी दिएको छ।

जिल्ला अदालतले मुलुकी फौजदारी संहिताको दफा ९९ अनुसार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौका जिल्ला न्यायाधिवक्ता र अनुसन्धानमा संलग्न प्रहरी अधिकारीलाई पहिलो पटक यस्तो चेतावनी दिएको हो।

राज्य विद्रोहका कुनै पनि गतिविधीमा संलग्न भएको प्रमाण पेस नगरी मुद्दा मात्र दायर गरेको भन्दै सरकारी वकिल र अनुसन्धानमा संलगन प्रहरी अधिकृतलाई जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले यस्तो चेतावनी दिएका हो।

राज्यद्रोहमा २५ वर्ष कैद सजाय माग भएको व्यक्ति निर्दोष र यस्ता गतिविधिमा संलग्न नभएको बयान सरकारले पेस गरेको साक्षीसमेतले दिएपछि जिल्ला न्यायाधीश भट्टराइको इजलासले मुलुकी फौजदारी संहिताको दफा ९९ लाई ध्यानाकर्षण गर्दै अनुसन्धान अधिकारी र मुद्दा दायर गर्ने अधिकारीको बदनियत देखिएको टिप्पणी फैसलामा उल्लेख गरेको हो।

नेत्रविक्रम चन्द विप्लव’ नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्व माओवादी कार्यकर्ता लोकप्रसाद गौतमको मुद्दामा अदालतले यस्तो फैसला सुनाएको  हो।

मुलुकी संहितको दफा ९९ मा बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गर्न नहुने उल्लेख छ। दफा ९९ मा ‘कानुन बमोजिम अनुसन्धान वा अभियोजन गर्ने जिम्मेवारी भएको अधिकारीले निर्दोष व्यक्तिलाई फसाउन वा वास्तविक कसुरदारलाई जोगाउने मनसायले बदनियतपूर्वक अनुसन्धान गर्ने वा अभियोग लगाउन हुँदैन’ भनी उल्लेख छ। यस्तो कसुर गर्ने वा गराउनेलाई ६ महिना कैद र पाँच हजार जरिवाना वा दुवै सजाय हुने उक्त व्यवस्थामा उल्लेख छ।

संहिताको उक्त व्यवस्था ख्याल राख्दै मुद्दा दायर गर्ने र अनुसन्धान गर्न दायित्व सम्झाउँदै जिल्ला अदालतले सजाय भने गरेको छैन। पहिलो पटक जिल्लाले मुलुकी संहिताको यो व्यवस्था टेकेर सरकारी बकिल र प्रहरीको ध्यानाकर्षण गराएको हो।

जिल्लाको यो फैसलाले आगामी दिनमा गलत अभियोजन गरेमा सरकारी वकिल र प्रहरीमाथि सजाय हुने सम्भावना बढेको छ।

Ncell 2
Ncell 2

जिल्लाले लोकप्रसाद गौतमलाई सफाई दिने फैसला सुनाएको छ।

गौतम र सरकारी साक्षीहरुले विप्लवको गतिविधिमा संलग्न भएको बयान दिन अस्वीकार गरेको र थप प्रमाण नभेटिएपछि गौतलाई जिल्ला अदालतले सफाई दिएको जिल्ला अदालतले जनाएको छ।

२०७५ चैत २४ गते गौतम विरुद्ध जिल्ला अदालत काठमाडौमा राजद्रोहको मुद्दा दायर भएको थियो।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका कार्यकर्ता भएको तर हाल निस्क्रिय भई सामान्य व्यवसाय गरेर बसेका गौतमलाई पक्राउ गरिएको थियो।

विप्लवको समूहका गतिविधिमा संलग्न भएको दाबी गर्दै उनलाई पक्राउ गरिएको थियो।

उनी तत्कालीन नेपाल कम्युनिस्ट माओवादीका कार्यकर्ता भएतापनि हाल कुनैपनि राजनीतिक पार्टीमा संलग्न नभई आफ्नो सामान्य व्यवसाय गर्दै आएको बयान अदालतमा गरेका थिए।

उनले आफू पूर्व माओवादी कार्यकर्ता भएको र हाल ढुङ्गा गिटी सप्लाई गरी आफ्नो व्यवसाय सञ्चालन गरी बसेकाले कुनै अपराधिक गतिविधिमा संलग्न नभएको जिकीर गरेका थिए।

तर उनी विरुद्ध विप्लवकै कार्यकर्ता भएको भन्दै २५ वर्ष जेलको सजाय दाबी गर्दै सरकारी पक्षले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

मंगलबार फैसला गर्दै जिल्लाले उनलाई उक्त अभियोगबाट सफाई दिएको हो।

उनी यसअघि नै जिल्लाकै आदेशले सामान्य तारेखमा रिहा भएका थिए।

प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  १५:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल?
रेशम चौधरीको उम्मेदवारी खारेज
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार, माघ ८, २०८२
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल? बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
जम्मू कश्मीरमा सेनाको गाडी दुर्घटना हुँदा १० सैनिकको मृत्यु बिहीबार, माघ ८, २०८२
जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्