डडेलधुरा- डडेलधुरामा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिका–३, मार्कु बस्ने इश्वर भाटकी १३ वर्षीय छोरी संगीता भाटको बुधबार बिहान ७ बजे चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक इश्वरीदत्त पाण्डेयले बताए।
बुधबार बिहान बिद्यालय जाने तयारीमा रहेको बेला चट्याङ लागेर घाइते भएकी उनलाई जोगबु अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक पाण्डेयले जनाए। मुतक किशोरी भागेस्वर माविमा कक्षा ८ मा अध्ययनरत थिइन्।
प्रहरी निरीक्षक पाण्डेयका अनुसार चट्याङ लागेर सोही ठाउँका अन्य ३ जना घाइते भएका छन्। घाइते हुनेमा ४० वर्षीय भरत विष्ट, ५० वर्षीय महादेव भट्ट र १५ वर्षीया मीना भाट रहेका छन्। मीना मृतक संगीताकी दिदी हुन्। घाइतेमध्ये भरतको अवस्था गम्भीर रहेको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।