• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सप्तरीको थारु सामुदायिक होमस्टे, जहाँ पाहुना कम आएपछि भागवन्डा मिलाएर गरिन्छ 'मेजमानी'

प्रयोगविहिन बनेको होमस्टेमा १४ महिनामा ३० पाहुना
64x64
नेपाल लाइभ बुधबार, जेठ २९, २०७६  १०:२८
1140x725

राजविराज- सप्तरीको कञ्चनरुप नगरपालिका ६, मलेठस्थित थारु सामुदायिक होमस्टे प्रयोगविहीन भएका छन्।

पर्यटन प्रवर्द्धन, थारु कला संस्कृतिको विकास तथा स्थानीयस्तरमा स्वरोजगारका अवसर सिर्जना गर्ने उद्देश्यका साथ १४ महिनाअघि ७ वटा होमस्टे निर्माण गरिएका थिए। तर, आवश्यक पूर्वतयारी र अध्ययन बिना सुरु गरिएका कारण सम्पूर्ण होमस्टे पर्यटक अभावमा प्रयोगविहीन जस्तै छन्।

होमस्टे सञ्चालनको लागि चाहिने पर्याप्त आर्थिक स्रोत, तालिम, सीप, प्रचारप्रसार र प्रवर्द्धनको पनि कमी भएको स्थानीयहरु बताउँछन्।

सासेक रोड कनेक्टिभिटि प्रोजेक्ट एकीकृत विकास समाज नेपाल (आइडिएस नेपाल)को सहयोगमा एक वर्षअघि होमस्टे निर्माण गरिएको थियो। होमस्टे निर्माणमा संस्थाले २५ प्रतिशत सहयोग गरेको थियो। प्रतिघर ३० हजार रुपैयाँ सहयोग गरेको संस्थाका तत्कालिन बायोलोजिकल डाइभर्सिटी कन्जर्भेसन एक्सपर्ट नन्दलाल माझीले जानकारी दिए। गत डिसेम्वरदेखि सहयोगी संस्थाको पनि म्याद समाप्त भएपछि सञ्चालकहरु अन्यौलमा परेका छन्।

प्रतिघर सरदर डेढ लाखका दरले खर्च भए पनि पर्यटक नआउँदा अन्योलता बढेको होमस्टे नम्बर ४ का सञ्चालक देवप्रसाद चौधरीले बताए।

किन चलेनन् होमस्टे?
पूर्व–पश्चिम राजमार्गको कञ्चनपुरबाट उत्तरतर्फ करिब ५/७ किलोमिटर दूरीमा छ मलेठ। मिश्रित बसोबास रहेको मलेठमा पुरानो आदिवासी समुदायमध्ये थारु जातिको पनि बसोबास छ। छुट्टै रहनसहन, भेषभुषा, संस्कार, संस्कृति, भाषा रहेकाले त्यसको संरक्षणकै लागि होमस्टे सञ्चालनमा ल्याइएको थियो।

थारु संस्कृति तथा नजिकै रहेको नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित कोशीटप्पु वन्यजन्तु आरक्षलाई मध्यनजर गरी होमस्टे सञ्चालन गरिएको थियो। ५ सय ८७ प्रजातिका नदी तटीय वनस्पति, ४ सय ४१ अर्ना, जङ्गली हात्ती, सालक, ४० प्रजातिका स्तनधारी जनावर, खरमुजुर, कालो भुँडीफोर, सेतो भुँडीफोरलगायत ७ सय २६ प्रजातिका चरा, १ सय ४१ प्रजातिका माछा तथा ७७ प्रजातिका पुतली पाइने आरक्षका कारण होमस्टे सञ्चालनमा सहजता हुने अनुमान थियो।

Ncell 2
Ncell 2
nimb
nimb

यसका अतिरिक्त सुनसरीको चतरा धाम र वराह क्षेत्रलगायतका पर्यटकीय क्षेत्र घुम्ने पर्यटकले पनि मलेठको होमस्टे प्रयोग गर्ने अनुमान गरिएको थियो।

तर, सम्भावनाहरुको अध्ययन नै नगरी सञ्चालन गरिएका कारण होमस्टे प्रयोगमा आउन नसकेको स्थानीयहरुको निष्कर्ष छ। वडाध्यक्ष जिव्रिल मियाँ पनि स्थानीयको भनाइमा सहमत छन्। ‘कोशीटप्पु वन्यजन्तु आरक्षको मुख्य प्रवेश मार्ग सुनसरीमा छ। घुम्न आउने अधिकांश मानिस उतैको मार्ग प्रयोग गर्छन्,’ उनले भने, ‘सम्भावना नै नभएको ठाउँ र ब्याक साइडमा भएकाले होमस्टे प्रयोगमा समस्या देखियो।’

पाहुनालाई भागवण्डा
विष्णुदेव चौधरी, महिकर चौधरी, चन्द्रिका चौधरी, पानावती देवी चौधरी, चन्द्रकला चौधरी, देवप्रसाद चौधरी र भुलीदेवी चौधरीले गत वर्ष बैसाखदेखि नै होमस्टे सञ्चालन सुरु गरे।

Xtrem

Xtrem

२०७५ बैसाख २ गते औपचारिक कार्यक्रमनै आयोजना गरेर सुरु गरिएको होमस्टे पुष १० गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा दर्ता पनि भयो। तर, सोचअनुसार पर्यटक/पाहुना नआउँदा उनीहरु निरास छन्।

पछिल्लो १४ महिनामा प्रति घर ४/५ जनाका दरले २५ देखि ३० जना पाहुना आएको उनीहरु बताउँछन्। ‘एक पटक २ र अर्को पटक ४ गरी ६ जना आए,’ होमस्टे सञ्चालक देव प्रसादले भने, ‘त्यसपछि मान्छेको आउजाउ बन्द छ।’

अहिले लगानी पनि असुल हुन्छ की हुँदैन भन्ने अवस्था आएको होमस्टे सञ्चालकहरु गुनासो गर्छन्।

पाहुना कम भएपछि पालो बाँड्नुपर्ने अवस्था आएको पानोवती चौधरीले बताइन्। ‘सबैलाई पालो पुर्‍याउँदा ४/५ जनाका दरले बसायौं,’ उनले भनिन्, ‘६/७ हजार आम्दानी भयो।’

आइडिएस नेपालका एक्स्पर्ट माझीले भने सुरुवाती चरणमै रहेको र ५ वर्षभित्र मलेठको होमस्टे नमुना बन्ने दाबी गरे।

प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  १०:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्