काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगको बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा कलाकार प्रकाश सपुतदेखि क्रिकेटर ज्ञानेन्द्र मल्लसम्म समावेश छन् ।
सोमबार रास्वपाले बालेन शाह र कुलमान घिसिङ समूहलाई मिलाएर ११० जनाको नामावली पेस गरेको थियो ।
आइतबार र सोमबार समानुपातिक सूची बुझाउने दिन तोकिएकोमा कुल ६४ दलले बन्द सूची बुझाएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार ५४ वटा दलले आ–आफ्नो चुनाव चिह्न कायम रहने गरी सूची बुझाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।