काठमाडौं– प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम झापा क्षेत्र नम्बर ५ बाट एकल सिफारिस भएको छ ।
शनिबार बसेको क्षेत्रीय समन्वय समितिको बैठकले झापा–५ बाट ओलीको नाम सर्वसम्मत सिफारिस गरेको जिल्ला कमिटीका सचिव तुलसी कार्कीले जानकारी दिए ।
आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन तोकिएको छ । दलहरूले विभिन्न क्षेत्रबाट आफ्ना उम्मेदवारहरूको नाम सिफारिस गरिरहेको छ ।
ओली ०७९ र ०७४को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । झापामा ५ वटा निर्वाचन क्षेत्र छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।