काठमाडौं– समानुपातिक प्रणालीको मर्म र जेन–जी आन्दोलनपछि युवाले चाहेकोभन्दा विपरीत तरिकाले सामानुपातिक सूचीमा नाम राखिएको भन्दै रास्वपाको चौतर्फी आलोना हुन थालेपछि नाम फिर्ता लिनेहरुको क्रम बढ्न थालेको छ ।
प्रतिनिधिसभा निर्वाचनको समानुपातिक बन्दसूचीमा परेका एलिट वर्गका युवा, कलाकार र समाजमा नाम कमाएकाहरुले धमाधम आ–आफ्नो नाम फिर्ता लिन थालेका छन् ।
पर्वतारोही टासी लाक्पा शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आशिफ शाह र उद्योगी चन्द्र ढकालका छोरा सचिन ढकालले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन् ।
रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा विभिन्न क्षेत्रका चर्चित अनुहार पनि समेटिएका थिए । पार्टीभित्र र बाहिर नातावाद तथा पारिवारिक सम्बन्धलाई लिएर आलोचना चर्किंदै आएको थियो । सोही पृष्ठभूमिमा चारै जनाले सूचीबाट नाम हटाउने निर्णय गरेको बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।