काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक उम्मेदवार बनेका सचिन ढकालले पनि बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन् ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालका छोरा सचिनलाई बालेन शाहको कोटाबाट खसआर्य पुरुषतर्फ दोस्रो नम्बरमा राखिएको थियो ।
उनले आज वक्तव्य जारी गर्दै उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन् ।
वक्तव्यमा ढकालले भनेका छन्–’उद्यमशीलताको प्रवर्धन मार्फत् सामाजिक रुपान्तरण र मुलुकको विकास आवश्यक रहेको तथा यसका लागि नवयुवाहरु अघि सरिरहेको वर्तमान परिवेशमा मलाई पनि समानुपातिक निर्वाचनको सूचीमा समावेश गरेकोमा पार्टीका नेतृत्वप्रति हार्दिक आभार व्यक्त गर्दछु । तथापि, नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यस पटक व्यक्तिगत कारणवश उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।