काठमाडौं- युरो २०२० छनोटमा जर्मनीले फराकिलो अन्तरको जित हात पारेको छ। जर्मनीले मंगलर राति भएको खेलमा इस्टोनियालाई ८-० गोलले पराजित गरेको हो।
जर्मनीको जितमा मार्कोस रेउसले १० र ३७ तथा जिनर्बीले १७ र ६२ मिनेटमा गरी २-२ गोल गरे। यस्तै गोरेट्ज्काले २०, गुन्डोगनले २६, वेर्नरले ७९ र लिरोए सानले ८८ मिनेटमा गोल गरे। जितसँगै जर्मनी ३ खेलबाट ९ अंक जोडेर दोस्रो स्थानमा छ। शीर्ष स्थानको उत्तरी आयरल्यान्डको ४ खेलबाट १२ अंक छ।
यता फ्रान्सले एन्डोराले ४-० गोलले पराजित गर्यो। फ्रान्सको जितमा केलियन एमबाप्पेले ११, वेन योडरले ३०, थाउविनले पहिलो हाफको इन्जुरी मिनेट र जोउमाले ६० मिनेटमा गोल गरेका थिए। जितसँगै फ्रान्स समूह 'एच' मा ९ अंक जोडेर शीर्ष स्थानमा उक्लियो। अघिल्लो खेलमा फ्रान्सलाई हराएको टर्की भने आइसल्यान्डसँग पराजित भयो। आइसल्यान्ड र टर्कीको पनि ९-९ अंक छ।
यता इटालीले बोस्निया-हर्जगोभिनालाई २-१ र बेल्जियमले स्कटल्यान्डले ३-० गोलले हराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।