लमही- दाङमा किशोरीमाथि एसिड प्रहार गर्ने एक व्यक्तिलाई ४ वर्ष कैद फैसला गरिएको छ। घोराही उपमहानगरपालिका–१७ कि २२ वर्षीया रीता चौधरीमाथि एसिड प्रहार गर्ने नेपालगञ्ज उपमहानगरपालिका–६ का ३७ वर्षीय बद्रिविशाल मिश्रलाई ४ वर्ष कैदको फैसला सुनाइएको हो।
जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलाशले रीतामाथि एसिड प्रहार कसुरमा दोषी ठहर गर्दै मिश्रलाई ४ वर्ष कैद, एक लाख रुपैायाँ जरिवाना र पीडितलाई १ लाख ४५ हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने फैसला गरेको हो। अदालतले जरिवानास्वरूपको एक लाख पनि पीडितलाई नै उपलब्ध गराउने फैसला गरेको श्रेस्तेदार धनीप्रसाद चपाईंले जानकारी दिए।
उक्त घटनाका अन्य आरोपित घोराही–१७ का २० वर्षीय विष्णु चौधरी र २८ वर्षीय सुनिल चौधरीलाई भने अदालतले सफाइ दिएको छ।
विसं २०७२ फागुन २७ गते साँझ पसलमै बसेका बेला रीतामाथि एसिड प्रहार गरिएको थियो। एसिड प्रहारबाट पीडितको छाती तथा घाँटीको भाग जलेको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।