काठमाडौं– भर्सटायल गायक प्रमोद खरेलको गीत ‘दन्तैमा’ सार्वजनिक भएको छ।
खरेलले यो गीतलाई यसअघिभन्दा फरक तरिकाले गाउने प्रयास गरेका छन्। डिपी खनालको गीतमा शंकर थापा स्माइलले संगीत भरेका छन्। उदयराज पौडेलको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो। जहाँ खरेलसँगै सुनिल क्षेत्री, प्राञ्जली सापकोटा र नेपाली ठिटोजको अभिनय छ।
पवन सुस्लिङको सिनेमाटोग्राफी रहेको गीतको म्युजिक भिडियो निर्देशन सुनिल क्षेत्रीले गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।