काठमाडौं– आगामी जुन २–९ देखि मलेसियामा हुने एसिसी यु–१९ पूर्वी क्षेत्रीय प्रतियोगितामा नेपाल समूह 'ए' मा परेको छ। नेपाल सम्मिलित समूहमा चीन, म्यानमार र सिंगापुर पनि छन्।
समूह 'बी' मा मलेसिया, भुटान, हङकङ र थाइल्यान्ड छन्।
नेपालले पहिलो खेल जुन २ मा म्यानमारसँग खेल्नेछ। नेपालको दोस्रो खेल ५ जुनमा सिंगापुर र अन्तिम खेल ६ जुनमा चीनसँग छ।
समूहका शीर्ष २ टिम सेमिफाइनलमा पुग्नेछन्।
खेल तालिका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।