काठमाडौं– आइसिसी क्रिकेट विश्वकप २०१९ अन्तर्गत बंगलादेश र श्रीलंकाबीचको खेल पनि रद्द भएको छ।
इंग्ल्यान्डको ब्रिस्टोफमा तय भएको खेल वर्षाका कारण प्रभावित बनेको हो। वर्षाका कारण खेल टस नै नगरी रद्द गरियो। स्थानिय समयअनुसार दिउँसो २ बजेसम्म वर्षा जारी रहेको थियो।
यसअघि दक्षिण अफ्रिका र वेस्ट इन्डिज तथा पाकिस्तान तथा श्रीलंकाबीचको खेल पनि वर्षाका कारण रद्द भएको थियो।
एकै विश्वकपमा तीन खेल रद्द भएको यो पहिलो पटक हो। यसअघि सन् १९९२ र २००७ मा वर्षाका कारण २ खेल रद्द भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।