दार्चुला– दार्चुलामा शौचालय भत्किँदा चार जना बालिकाको मृत्यु भएको छ।
नौगाड गाउँपालिका–४ सिप्टीमा स्थानीय गणेश विनायक माविको शौचालयको छाना भत्किँदा उनीहरूको घटनास्थलमा नै मृत्यु भएको गाउँपालिकाका प्राविधिक सहायक प्रतापसिँह ठगुन्नाले बताए।
ज्यान गुमाउनेमा अन्दाजी ७/८ वर्षकी निरुता ठगुन्ना, ९/१० वर्षकी अनुष्का धामी, ५ वर्षकी युनिका ठगुन्ना र ८/९ वर्षका सुदिश धामी रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
मंगलबार साँझ ४ बजेतिर विद्यालय बन्द रहेको समयमा खेलिरहेका बेला छाना भत्किँदा बालिकाहरू पुरिएका हुन्।
छतमा कति जनाले खेलिरहेका थिए भन्ने यकीन भएको छैन।
सिप्टी प्रहरी चौकीबाट खटिएको प्रहरी टोली तथा स्थानीयहरूको संयुक्त प्रयासमा शव निकालिएको प्रहरी सहायक निरीक्षक देवदत्त भट्टले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।