काठमाडौं- नेपाल पत्रकार महासंघले सरकारले संसद्मा दर्ता गरेको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै चरणबद्ध आन्दोलन गर्ने भएको छ। मंगलबार महासंघका सदस्यले विधेयक फिर्ता लिन माग गर्दै २ चरणका आन्दोनल समीक्षा गरी तेस्रो चरणको आन्दोलनका कार्यक्रम तय गरेको जानकारी दिएको छ।
बैशाख २९ देखि जेठ २५ गतेसम्म दुई चरणमा गरिएको आन्दोलन पूर्णंरुपमा सफल भएको निष्कर्ष निकाल्दै थप सशक्त आन्दोलन गर्ने महासंघले जनाएको छ।
आन्दोलनमा आमसञ्चारकर्मी, सञ्चारसम्बद्ध संघ-संगठन, सञ्चारमाध्यम, विभिन्न पेशाकर्मीहरु, राजनीतिक दल, नागरिक समाज, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरु र आम जनताको सहयोग र सहभागितासमेत प्राप्त भएको महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 'मिडिया काउन्सिल विधेयकमा भएका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान अविलम्ब फिर्ता लिन सरकार माग गरेको छ,' विज्ञप्तिमा भनिएको छ।
नेपाली प्रेस जगतका जायज मागहरु अघि सारेर आन्दोलित नेपाल पत्रकार महासंघ र समग्र सञ्चार क्षेत्रप्रति सरकारले उपेक्षा गरेकोमा बैठकले दुःख प्रकट गरेको छ।
महासंघले विशुद्ध पेशागत स्वतन्त्रताको माग राखेर गरिएको आन्दोलनलाई सरकारले राजनीतिक रङ दिनु र विदेशी दातृ संस्थासंग जोडेर लाञ्छित गर्नु आपत्तिजनक रहेको समेत उल्लेख गरेको छ। कुनै पनि पक्षको अभिष्ट पूरा गर्ने आन्दोलनका पक्षमा नभएको र संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा दृढ विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक फिर्ता नभएसम्म थप शसक्त आन्दोलन जारी राख्ने समेत महासंघले जनाएको छ।
महासंघका आन्दोलनका कार्यक्रमः
क) असार ३ गते प्रेस स्वतन्त्रताको पक्षमा देशब्यापी हस्ताक्षर संकलन अभियान।
ख) असार ६ गते संकलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाउने।
ग) असार १० गते मिडिया काउन्सिल विधयक विरुद्ध कार्टुन प्रर्दशनी।
घ) असार १५ गते सबै जिल्ला शाखाहरुले आफ्नो क्षेत्रबाट निर्वाचित संघीय र प्रदेश सांसदहरुलाई क्ःक् मार्फत् सन्देश पठाएर ध्यानाकर्षण गर्ने ।
ङ) असार २० गते बृहत् ‘प्रेस स्वतन्त्रतासभा’को आयोजना गर्ने ।
च) असार २५ गते मध्यान्ह १२:०० बजे लालटिन जुलुस।
छ) असार ३० गते देशव्यापी सिटी जुलुस र सभा।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।