• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस १९, २०८२ Sat, Jan 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

निजी विद्यालय बन्द गर्न शिक्षा विकासले पत्र काटेपछि महोत्तरीका स्थानीय तहमा द्वन्द्व

64x64
नेपाल लाइभ बुधबार, जेठ २९, २०७६  ०८:०९
1140x725

दर्ताबिना सञ्चालित बोर्डिङ बन्द गर्ने निर्णय गर्न प्याब्सनका अधिकारीसहित बसेको इकाइको बैठक।


जनकपुर– प्रचलित शिक्षा ऐन तथा नियमावलीलाई लत्याउँदै महोत्तरीमा सञ्चालित २ सय ५० निजी विद्यालय बन्द गर्न शिक्षा विकास तथा समन्वय इकाइ महोत्तरीले परिपत्र गरेपछि स्थानीय निकाय र इकाइबीच द्वन्द्व बढेको छ।

निजी विद्यालयले अनुमतिका लागि निवेदन दिएका र नगरपालिकाबाट सकारात्मक संकेत प्राप्त गरेको भन्दै दिएको निवेदनको आधारमै विद्यार्थी भर्ना गरेर विद्यालय सञ्चालन गरिरहेका पाइएपछि शिक्षा विकास तथा समन्वय इकाइ महोत्तरीले बन्द गर्न पत्राचार गरेको थियो। 

स्थानीय तहहरूले विद्यालयको सम्भाव्यता अध्ययन नै नगरी जथाभावी विद्यालय सञ्चालनको मौखिक अनुमति दिँदा जिल्लाको शैक्षिक क्षेत्रमा विकृति थपिएको छ।

स्थानीय तहहरूले कुन गाउँमा कति र कुन तहको विद्यालयको आवश्यकता छ भन्ने अध्ययन नै नगरी धमाधम विद्यालय सञ्चालनको मौखिक अनुमति दिएपछि जिल्लामा संस्थागत विद्यालयको संख्या बढेको हो।

कतिपय स्थानीय तहले संस्थागत विद्यालयलाई पहिलोपटकमै कक्षा १० सम्मको सञ्चालन मौखिक अनुमति दिएपछि देशमा प्रचलनमा रहेको शिक्षा ऐन तथा नियमावली लत्याउने काम भएको गुनासो बढेको छ।

मौखिक स्वीकृतमा खोलिएका विद्यालय बन्द भएमा २ सय ५० विद्यालयमा अध्ययनरत बालबालिकाको भविष्य अन्यौल हुने भएको छ।

जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिका गरी १५ स्थानीय तह रहेका छन्। सबै स्थानीय तहमा अनुमति नै नलिएका र प्राप्त अनुमतिभन्दा माथिल्लो तहको पठनपाठन गर्ने विद्यालय सञ्चालित छन्।

Ncell 2
Ncell 2

विद्यालयले अनुमतिको लागि निवेदन दिएकै भरमा नगरपालिकाबाट सकारात्मक संकेत प्राप्त गरेको भन्दै विद्यार्थी भर्ना गरेर विद्यालय सञ्चालन गरिरहेका छन्। शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ का आधारमा संस्थागत विद्यालयलाई एकपटकमा एउटा कक्षा सञ्चालनको अनुमति दिइने चलन छ।

एकपटकमा थप एक कक्षा मात्र अनुमति दिने प्रावधान रहेको भए पनि विशेष अवस्था भन्दै जथाभावी अनुमति दिने र कक्षा तथा विद्यालय स्तर वृद्धि गर्ने काम महोतरीमा जथाभावी भएको पाइन्छ।

जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिका गरी १५ स्थानीय तह रहेका छन्। सबै स्थानीय तहमा अनुमति नै नलिएका र प्राप्त अनुमतिभन्दा माथिल्लो तहको पठनपाठन गर्ने विद्यालय सञ्चालित छन्।

जलेश्वर नगरपालिकाले शिक्षा नियमावली र ऐनमा भएको प्रावधान मिच्दै एउटा संस्थागत विद्यालयलाई कक्षा आठसम्म सञ्चालन गर्ने मौखिक अनुमति दिएको निजी तथा आवासीय विद्यालय संस्था (प्याब्सन) महोत्तरीका सदस्य लवराजा सिंहले बताए।

यसबारे जिज्ञासा राख्दा जलेश्वर नगरपालिकाका कार्यकारी अधिकृत रामुराज कडरियाले आफूले कुनै पनि विद्यालयलाई अपग्रेड तथा नयाँ सञ्चालनको अनुमति नदिएको बताए।

उनले नगरका दर्जनभन्दा बढी संस्थागत विद्यालय नियम मिचेर सञ्चालनमा भइरहेको तथ्य भने स्वीकार गरे।

जिल्लाका १५ वटै स्थानीय तहले शिक्षा ऐन तथा नियमविपरीत संस्थागत विद्यालयलाई अनुमति दिने तथा अनुमतिविनै सञ्चालनमा रहेका विद्यालयको अनुगमन नगरी शिक्षाक्षेत्रमा व्यापक विकृति थपेको निजी विद्यालयहरूको संस्था प्याब्सनले जनाएको छ।

अनुमतिबेगर सञ्चालनमा रहेका र अनुमतिभन्दा माथिल्लो कक्षा सञ्चालन गरिरहेका विद्यालयविरुद्ध कारबाहीका लागि पत्राचार गरेपछि स्थानीय तहले विरोध जनाएको  महोतरीका इकाइ प्रमुख शत्रुधन यादवले बताए।

तर, जलेश्वर नगरपालिका का मेयर रामशंकर मिश्राले इकाइ प्रमुख यादवले आर्थिक चलखेल गरी स्थानीय तहको अधिकारमा हस्तक्षेप गरेको भन्दै विरोध जनाएको बताए।

स्थानीय तहको आडमा सञ्चालित यस्ता निजी विद्यालयहरूले पुनः भर्ना, पाठ्यपुस्तक तथा परीक्षा शुल्कका नाउँमा चर्को रकम असुल गरिरहेका छन्।

शैक्षिक सत्र सुरु भएको दुई महिना बित्न लाग्दा पनि कतिपय स्थानीय तहले नयाँ विद्यालय सञ्चालन, विद्यालयको स्तरवृद्धि तथा कक्षावृद्धि सम्बन्धी निर्णय गर्न सकेका छैनन्।

यसले पनि शिक्षाक्षेत्रमा अन्योल बढाएको छ। कतिपय विद्यालयले अनुमतिको लागि निवेदन दिएकै भरमा नगरपालिकाबाट सकारात्मक संकेत प्राप्त गरेको भन्दै विद्यार्थी भर्ना गरेर विद्यालय सञ्चालन गरिरहेका छन्। (तस्बिर-महोत्तरी पोष्ट)

प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६  ०८:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा
झापा–५ बाट ओलीको नाम एकल सिफारिस
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
झापा–५ बाट ओलीको नाम एकल सिफारिस शनिबार, पुस १९, २०८२
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
सर्वत्र आलोचनापछि रास्वपाको समानुपातिक सूचीबाट धमाधम नाम फिर्ता लिँदै, को–को हुन् नाम फिर्ता लिनेहरु? शनिबार, पुस १९, २०८२
झापामा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज दुर्घटना, सबै यात्रु सकुशल शुक्रबार, पुस १८, २०८२
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
पुस मसान्तभित्र विशेष महाधिवेशन महामन्त्रीले बोलाउँछ: गगन थापा शुक्रबार, पुस १८, २०८२
रास्वपाको बन्दसूचीबाट सचिन ढकालले पनि फिर्ता लिए उम्मेदवारी शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्