काठमाडौं– श्रीलंकाका तीव्र गतिका बलर लासिथ मालिङ्गाले बुधबार स्वदेश फर्कने भएका छन्।
आइसिसी विश्वकप क्रिकेट २०१९ का खेल इंग्ल्यान्डमा जारी रहदा उनी खेल स्वदेश फर्कन लागेका हुन्। मालिङ्गा सासुको निधन भएका कारण स्वदेश फर्कन लागेका हुन्।
'मंगलबार बंगलादेशविरुद्धको खेलपछि उनी स्वदेश फर्कनेछन्,' क्रिकेट श्रीलंकाले भनेको छ।
उनले विश्वकपको एक खेल मात्र गुमाउनेछन्। आगामी शनिबार अस्ट्रेलियाविरुद्धको खेलमा उनी टिममा उपलब्ध हुनेछैनन्। त्यसपछिका खेल भने उनी टिममा उपलब्ध हुनेछन्।
मालिङ्गाका सासु कुन्थी परेरसको मंगलबार कोलम्बोमा निधन भएको छ। उनको बिहीबार दाहसंस्कार हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।