काठमाडौं- भारतीय क्रिकेट टिमका ओपनिङ ब्याट्सम्यान शिखर धवनले आइसिसी क्रिकेट विश्वकप २०१९ का आगामी २ खेल गुमाउने भएका छन्। हातको औलामा समस्या देखिएपछि उनी २ खेलका लागि टिमबाट बाहिरिएका हुन्। उनले अब न्युजिल्यान्ड र पाकिस्तानको खेल गुमाउनेछन्। अस्ट्रेलियाविरुद्धको अघिल्लो खेलमा शतक प्रहार गरेका धवनको स्थानमा कसले खेल्ने बारे अझै टुंगो लागिसकेको छैन।
अस्ट्रेलियाविरुद्धको अघिल्लो खेलमा उनी घाइते भएका थिए। पाट कमिङले गरेको बलिङ उनको अँगुठामा लागेको थियो। खेलमा उनले ११७ रन बनाएका थिए। बल अँगुठामा लाग्दा उनले दुखेको भन्दै हात उठाएका थिए। यद्यपी उनले पूरा इनिङ खेले। तर दोस्रो इनिङमा भने उनी मैदान उत्रिएका थिएनन्।
धवनले खेल्न नसकेमा भारतले बैकल्पिक खेलाडी बोलाउन सक्छ। बैकल्पिक खेलाडीमा अम्बाति रायुदु, रिशव पन्त, अक्षर पटेल, इशान्त र्मा र नरदीप सैनी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।