काठमाडौं– छोरीलाई बलात्कार गरेको आरोपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उपसचिव पक्राउ परेका छन्।
उनले १८ वर्षीया आफ्नै छोरी बलात्कार गरेको आरोप लागेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नारायण चिमोरियाले जानकारी दिए।
महोत्तरीका स्थायी घर भएका उनी ललितपुर बस्दै आएका थिए। उनले छोरीलाई विगत ३/४ वर्षदेखि बारम्बार बलात्कार गर्दै आएको आरोप लागेको छ।
छोरी बलात्कार गरेको आमाले थाहा पाए पनि घटना आफ्नै घरको भन्दै लुकाएको प्रहरीको दाबी छ। तर बलात्कारको क्रम नरोकिएपछि जेठ १९ गते घटना बाहिर आएको हो। किशोरी र उनकी आमाले प्रहरीमा उजुरी दिएपछि उनलाई सोमबार पक्राउ गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।