काठमाडौं– युरो २०२० को छनोट खेलमा स्पेनले सहज जित हात पारेको छ। स्पेनले समूह 'एफ' को खेलमा स्विडेनलाई ३–० गोलले हरायो।
स्पेनका लागि सर्जियो रामोसले ६४ र अल्भारो मोराटोले ८५ मिनेटमा गोल गरे। दुवै गोल पेनाल्टीमा भएका थिए। खेल सकिन ३ मिनेट बाँकी छदा ओबार्जाबाले तेस्रो गोल गरे। समूहमा लगातार चार जित सहित स्पेन शीर्ष स्थानमा छ।
यता पोल्यान्डले इजरायललाई ४–० गोलले पराजित गरेको छ। डेनमार्कले पनि फराकिलो अन्तरको जित निकाल्ने क्रममा जर्जियालाई ५–१ ले हरायो।
सर्वियाले लुथानियालाई ४–१ गोलले हराउँदा चेकले मोन्टेनेग्रेलाई ३–० ले हरायो। स्लोभियाले लाभितामाथि ५–० र रोमानियाले माल्टामाथि ४–० को सहज जित निकाले।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।