काठमाडौं– पर्साको बहादुरमाई नगरपालिका–८ रामनगरीका ५६ वर्षीय किशोरी सहनीका हत्यारालाई प्रहरीले पक्राउ गरेको छ।
सहनीलाई सोही स्थान बस्ने २७ वर्षीय प्रजा सहनी र ४० वर्षीय विनोद साह कानू मिलेर गत चैत १८ गते हत्या गरेका थिए।
हत्या गरेर रामनगरी गाउँको पश्चिम–दक्षिणतर्फ रहेको हरेन्द्र गिरीको गहुँ खेतमा लास फालिएको थियो।
उक्त घटना मध्येका एक आरोपी प्रजा सहनीलाई पर्सा प्रहरीले सामेबार राति वीरगञ्जको छम्पकैयास्थित नेपाल–भारत सीमाबाट पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।