काठमाडौं- गुठी विधेयक खारेज गर्न सरकारसँग माग गर्दै सोमबार पनि काठमाडौंको असनमा प्रर्दशन गरिएको छ।
स्थानीय नेवार समूदायले आफूहरुको घरजग्गा नै हडप्नेगरी सो विधेयक सरकारले ल्याएको भन्दै सोमबार अपरान्ह असन- इन्द्रचोक क्षेत्रमा विरोध प्रर्दशन गरेका हुन्।
कार्यक्रममा बोल्दै स्थानीय शैलेश बज्राचार्यले भने, 'सरकारले ल्याएको सो विधेयकले आफूहरुको मुटुमा प्रहार गरेको उल्लेख गर्दै त्यसलाई तत्काल खारेज गर्न सरकारसँग माग गर्दछौँ।'
गुठीलाई खारेज गरेर प्राधिकरण बनाउने सो विधेयकमा राखिएको प्रावधानप्रति नेवारी समुदायको विशेष आपत्ति छ।
उनीहरुले सो विधेयक खारेज नगरे मुलुकको परम्परा, धर्म र संस्कृति नै गम्भीर संकटमा फस्ने चेतावनी पनि दिएका छन्।
कार्यक्रममा सोही विधेयक खारेज गर्न माग गर्दै आईतबार काठमाडौंको माईतीघर मण्डलामा भएको विरोध प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेको पनि आक्रोश व्यक्त गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।