काठमाडौं- आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको खेल रद्द भएको छ।
साउथह्याम्टनमा तय भएको खेलमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ७.३ ओभरमा २ विकेटको क्षतिमा २९ रन बनाउदा खेल वर्षाले रोकिएको थियो। दक्षिण अफ्रिकाका ओपनर क्वान्टन डे कक नटआउट १७ र कप्तान फाप डुल प्लेसिस शून्यमा खेलिरहेका थिए। त्यसअघि हसिम अम्ला ६ रन र माकरम ५ रनमा आउट भएका थिए।
त्यसपछि वर्षा नरोकिदा खेल हुन सकेन। योसँगै दुवै टिमले १-१ अंक बाडेका छन्। लगातार तीनमा पराजित भएको दक्षिण अफ्रिकाले पहिलो अंक जोड्दा वेस्ट इन्डिजको ३ खेलबाट ३ अंक भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।