फाइल तस्बिर
काठमाडौँ- साताव्यापी युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीट्जरल्यान्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को समारोहको साइडलाइनमा द्विपक्षीय भेटघाट गरेका छन्।
प्रधानमन्त्री ओलीले (आईएलओ)को समारोहको साइडलाइनमा टर्कीका उपराष्ट्रपति फउट ओक्टेसँग भेटवार्ता गरेका हुन्।
संक्षिप्त भेटमा व्यापार, कृषि पर्यटन र श्रम क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आफ्नो ट्वीटमा उल्लेख गरेका छन्।
प्रधानमन्त्री ओलीले नर्वेका प्रधानमन्त्री अर्ना सोल्वर्गसँग पनि भेटवार्ता गरेका छन्। साइडलाइनमा भएको संक्षिप्त भेटवार्तामा दुवै नेताले द्विपक्षीय सम्बन्ध सबै आयमा समिक्षा गरेको र द्विपक्षीय तह र अन्तर्राष्ट्रिय मञ्चमा गरिने सहकार्यका विषयहरुको पनि खोजी गरेको बताइएको छ।
प्रधानमन्त्रीको प्रेस सल्लहाकार कुन्दन अर्यालका अुनसार प्रधानमन्त्री ओलीले स्वीट्जरल्याण्डका गृहमन्त्री एलेन बर्सेटसँग पनि भेट गरेका छन्।
बर्सेट स्वीट्जरल्याण्डका पूर्व उपराष्ट्रपति समेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।