काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू:
१) लोकसेवाको विज्ञापन रोक्न सरकारलाई राज्य व्यवस्था समितिको निर्देशन, संविधानको भावना र मर्मअनुसार नभएकाले तत्काल रद्द गर्न सुझाव।
२) माइतीघरमा प्रहरीको दमन विरुद्ध कांग्रेसद्वारा संसद् अवरुद्ध, सरकारले विदेशी धर्मप्रचारकको टोपी लगाएको आरोप, मंगलबारसम्म बैठक स्थगित।
३) युद्धग्रस्त लिबियामा शसस्त्र समूहको अपहरणमा परे ४ नेपाली, विद्रोही समूहले नङसमेत उप्काइदिए।
४) युइएफए नेशन्स कपको उपाधि पोर्चुगललाई, नेदरल्यान्ड्सलाई १–० गोलले पराजित गर्दै बन्यो च्याम्पियन।
५) र, अमेरिकालाई पछि पार्दै भारतले विश्वकै महङ्गो चुनावको रेकर्ड बनायो, २०१४ को भन्दा झन्डै दुई गुणा बढी खर्च।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।