काठमाडौं- ट्याक्सी मिलाईदिन्छु भन्दै १५ लाख ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी अपिराध महाशाखाले ठगी गरेको आरोपमा नुवाकोटको तार्केश्वर गाउँपालिका-४ का ४४ वर्षीय राम वस्तीलाई पक्राउ गरेको हो।
ट्याक्सी आवश्यक परेको भन्दै एक दैनिक पत्रिकामा सोमनाथ भट्टराईले विज्ञापन छपाइदिएका थिए।
विज्ञापनमा उल्लेखित मोबाइलमा नम्बरमा फोन गर्दै भट्टराईले आफूसँग बा ३ ज ३८१० नम्बरको ट्याक्सी छ भन्दै किन्न बोलाएका थिए।
उक्त ट्याक्सीको मूल्य २२ लाख रुपैयाँ मोलेपछि भट्टराईले आफ्नै कोठामा जेठ ८ गते वस्तीलाई १५ लाख दिएका थिए।
बाँकी ७ लाख ट्याक्सी पास गर्ने बेला दिने सहमति भएको थियो।
तर १५ लाख रुपैयाँ पाएपछि वस्ती सम्पर्कबिहिन भएका थिए।
रकम लिएर सम्पर्कबिहीन भएर ठगी गरेको भन्दै पीडितले उजुरी दिएपछि वस्तीलई पक्राउ गरिएको हो।
उनलाई नुवाकोटको ताकेृश्वर–४ बाट आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनलाई कारबाहीका लागि महानगरीय प्रहरी परिसिर काठमाडौं पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।