काठमाडौं– सरकारले राष्ट्रपति विद्यादेवी भण्डारी दलीय इशारामा चलेको आरोप लगाएको छ। सिंहदरबारमा मंगलबार पत्रकार सम्मेलन गर्दै सञ्चारमन्त्री मोहन बस्नेतले राष्ट्रपति दलीय आग्रहमा चल्दा राजनीतिक गतिरोध देखिएको आरोप लगाए।
संयुक्त वाम गठबन्धनले नयाँ सरकार बनाउन वर्तमान सरकारले मार्ग प्रसस्त गर्नुपर्ने बताइरहेको बेला सरकारको यस्तो धारणा आएको हो। नयाँ सरकार गठन र राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेशका विषयमा औपचारिक धारणा सार्वजनिक गर्न सरकारले सूचना तथा सञ्चार मन्त्रालयलमा पत्रकार सम्मेलन गरेको हो।
सरकारका प्रवक्ता समेत रहेका बस्नेतलले तत्काल राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेश पारित गर्न राष्ट्रपतिलाई आग्रह गरे। अध्यादेश प्राप्त नभएसम्म कानुनी रुपमा तत्काल सरकार छाड्न नसकिने बस्नेतको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।