• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

आरुबोटे नरसंहार-६ : ९ जनाको हत्यापछि मानबहादुरका ४ घन्टा

चाउचाउ खाएर जब डोरी लिएर हिँडे...
64x64
नारायण अधिकारी सोमबार, जेठ २७, २०७६  १४:३५
1140x725

नारायण अधिकारी, लिलु डुम्रे।

आरुबोटे (पाँचथर)– जेठ ७ गते बिहानै जिल्ला प्रहरी कार्यालय पाँचथरको सञ्चार सेटमा अपत्यारिलो सूचना आइपुग्छ– आरुबोटमा ९ जनाको विभत्स हत्या भयो! 

उक्त सूचनापछि तत्कालै जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी नरेन्द्र कुवँरले तालुकका कार्यालयलाई घटनाबारे जानकारी गराउँछन्। घटनास्थल शिल गरेर सुरक्षित राख्न स्थानीय प्रहरी चौकी दशमी र इलाका प्रहरी कार्यालय रविलाई निर्देशन दिइन्छ। ज्वाइँ-ससुरकै घरमा ९ जनाको हत्या भएको घटना असामान्य भएपछि फिदिमबाट डिएसपी कुवँर नै टोलीका साथ घटनास्थलतर्फ लाग्छन्।

फिदिमबाट गाडीमा साढे ३ घन्टाको यात्रापछि पुगिन्छ, आरुबोटे।

घटनास्थल पुगेका डिएसपी सहितको टोलीले शवको अवलोकन गर्छ। दुई परिवारका सबैको हत्या भएपछि दुवै परिवारसँग सम्बन्ध भएको व्यक्तिबाट हत्या हुनुपर्ने विश्लेषण प्रहरीले सुरु गर्छ। सोही क्रममा स्थानीयले पनि दुवै परिवारसँग नाता जोडिएका व्यक्ति मानबहादुर माखिमतर्फ संकेत गर्छन्। हत्या गरिएकी मनकुमारीसँग मानबहादुरको सम्बन्ध विच्छेदको मुद्दा चलेको र पहिल्यैदेखि सम्बन्ध चिसिँदै गएको स्थानीले बताएपछि प्रहरीलाई अनुसन्धानका लागि थप बल पुग्छ।

शवको प्रकृति हेर्दा मानबहादुरको साढु दाइको लिंग काटिनु, श्रीमतीको पेटमा धारिलो हतियार प्रहार गर्नु, जेठी सासूको हात काटिएको देखिन्छ। यसले पनि प्रहरीलाई केही 'क्लु' फेला पर्छ।

घटनास्थलमा संघीय प्रहरी कार्यालय कोशीका एसएसपी शरद खत्री र १ नम्बर प्रदेश प्रहरी कार्यालयको क्षेत्रीय अनुसन्धान टोली पनि घटनास्थल पुगिसकेको हुन्छ। घटनास्थितिको विश्लेषण गरेपछि प्रहरीको शंका मृत बमबहादुर फियाकका कान्छा ज्वाइँ मानबहादुरतिरै सोझिन्छ।

‘घटनास्थलको परिस्थिति र पृष्ठभूमि बुझ्दा मानबहादुर सिनमा आए,’ डिएसपी कुवँरले सुनाए, ‘त्यसपछि मोटरसाइकलमा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमलाई लिएर म मानबहादुरको घरतर्फ गएँ।’

Ncell 2
Ncell 2
nimb
nimb

प्रहरी बिहानै मानबहादुरको घर पुगिसकेको थियो। मानबहादुरकी आमा फूलकुमारी माखिम भन्छिन्, ‘प्रहरी बिहानै घर आयो। खालि मानबहादुर कहाँ छ, मानबहादुर कहाँ छ मात्रै भन्छ। विराटनगर जान्छु भनेर हिजै गएको थियो भन्यो हामीले। किन सोध्छ एकदम मानबहादुर, के बिगार गरेछ आज तेस्ले भन्ने हामीले सम्झियो।’

माबहादुरका बा-आमा

यतिन्जेलसम्म फूलकुमारीलाई ९ जनाको हत्या भएको र त्यसमा आफ्नो छोरो संलग्न भएको थाहै थिए। 

प्रहरीले फूलकुमारीलाई सोधपुछ गरेको केही समयमै मानबहादुरको घरबाट झन्डै आधा घन्टाको पैदल दुरीमा एक पुरुष झुन्डिएर आत्महत्या गरेको खबर प्रहरीलाई आउँछ। सँगै रहेकी फूलकुमारीले पनि यो थाहा पाउँछिन्। बाटो हिँड्नेले झुन्डिएको अवस्था शव देखेपछि उक्त कुरा फैलिएको थियो। 

डिएसपी कुवँर, गाउँपालिका अध्यक्ष अमरराज माखिम, मानबहादुरलाई चिन्ने स्थानीय र प्रहरी टोली घटनास्थल पुग्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रगत नलागेको हरियो टिसर्ट, फुस्रो पाइन्ट लगाएका एक युवा करमको हरियो रुखमा झुन्डिएको अवस्थामा देखिन्छन्। गाउँलेहरुका अनुसार आत्महत्या गर्ने मानबहादुर नै भएको पुष्टि हुन्छ।

हत्यापछि चाउचाउ खाएका थिए मानबहादुरले
मानबहादुर मृत फेला परे पनि उनको संलग्नताबारे प्रहरीले पुष्टि गरिसकेको थिएन। उसको प्रारम्भिक निष्कर्ष मात्रै थियो। 

त्यसो त उनको शरीर र कपडामा समेत रगत नलागेकाले प्रहरी झनै अचम्मित हुन्छ। शंका गरिएका मानबहादुरबाट हत्या नभएकै हो त? त्यसो भए कसले मच्चायो नरसंहार? प्रहरी थप सशंकित हुन्छ।

प्रहरीले अनुसन्धानको दायरालाई फराकिलो बनाउँदै लान्छ। बमबहादुरको घरमा हत्या मच्चाएपछि हत्यारा गोरेटो बाटो हुँदै आरोलो झरेको निसाना भेटिन्छ। करिब २ सय मिटर टाढासम्म रगतको टाटा देखिएपछि प्रहरीले तालिम प्राप्त कुकुरबाट पनि थप सहयोग लिन्छ। त्यो बाटो हुँदै हत्यारा भागेको संकेत कुकुरले गर्छ। 

प्रहरीको अनुसन्धानलाई सहयोग पुग्ने गरी एउटा सूचना आउँछ- ‘हत्या भएकै रात १२:५० एक युवक टर्च बालेर फटाफट ओरालो झरेको छ।’

कसले देख्यो मध्यरातमा ती व्यक्तिलाई?
प्रहरी फूलकुमारी नेपालीसम्म पुग्छ। जसले १२:५० फटाफट ओरालो झरेको एक व्यक्तिलाई देखेकी थिइन्।  धारामा त्यसदिन राति १ बजे पानी आउने पालो थियो। आफू उठेपछि घडी हेर्दा रातको १२:५० भएको र त्यही बेला मान्छे कुदेको देखेको उनले बयानमा बताएकी छिन्। ‘श्रीमान्‌लाई पानी थाप्न उठ्न भनेँ। उठ्न मानेनन्। त्यति नै बेला नबोली एक युवक टर्च बालेर फटाफट आरोला झरेको छ। राति भएकाले मान्छे चाहिँ चिनिनँ।’

धनराजको घरमा बसेका धामीको भनाइ, उनै फुलकुमारी नेपालीको बयानकै आधारमा प्रहरीले हत्या सवा घन्टाभित्र भइसकेको निर्क्यौल निकालेको छ।

साढे १० बजे धामी धनराजको घरबाट निस्किएको भनेपछि कम्तीमा पनि ११ बजेबाट हत्या सुरु हुनुपर्ने र फूलकुमारीले १२:५० मा देखेको भनेपछि सवा १२ भित्रै हत्या गरिसकेको हुनुपर्ने प्रहरीको विश्लेषण हो। हत्या गरिएको बमबहादुरको घरबाट फूलकुमारीको घर पुग्न करिब ३० मिनेट पैदल हिँड्नुपर्छ।

फूलकुमारीको घर हुँदै नबोली आरोला लागेका मानबहादुर नै पछि घरसम्म पुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ। मानबहादुरले घरमा सानो किराना पसल समेत सञ्चालन गर्दै आएका थिए। ‘उनी आफ्नो घर करिब पौने ३ बजे पुग्छन्। त्यसपछि झ्यालबाट लुसक्क पसलमा छिर्छन्,’ डिएसपी कुवँर भन्छन्, ‘त्यहाँ उनले चाउचाउ र बिस्कुट खाएको देखिन्छ।’

निलो छाना भएको मानबहादुरको घर

परिवारका सदस्यले राति मानबहादुर आएको नदेखेको बताइरहेका बेला चाउचाउ र बिस्कुट खाएको कसरी थाहा भयो? हामीले डिएसपी कुवँरलाई प्रश्न गर्‍यौं। ‘अनुसन्धान सानो क्लुबाट हुन्छ। राति पसल बन्द गर्दा खाएर आधा चाउचाउ खोलमै छोड्ने, आधा बिस्कुट त्यसै भुइँमा फाल्ने हुँदैन भन्ने हुँदैन,’ उनी प्रस्ट्याउँछन्।

डिएसपी कुवँरको भनाइलाई अर्को प्राविधिक पक्षले पनि पुष्टि गरेको पाइयो। करिब ९ बजे धनराजको घरअघिबाट मोबाइल अफ गरेका मानबहादुरको मोबाइल बिहानीपख उनकै घरबाट ३ बजे अन हुन्छ। त्यसपछि उनले ३ बजेर २ मिनेटमा भतिजो पर्ने नेलकम माखिमलाई समेत फोन गर्छन्। 

हत्या गरिसकेपछि पनि फोन सम्पर्क भएको देखिएपछि प्रहरीले माखिमसँग पनि बयान लिएको छ। फोनमा मानबहादुरले आफूसँग ५ हजार रुपैयाँ मागेको उनले बयानमा भनेका छन्। 'अहिले छैन। बिहान दिऊँला भनेर वचन दिएको थिएँ,' माखिमले बयानमा भनेका छन्।

त्यसपछि मानबहादुरले उनका अर्का साथी हेमचन्द्र रेग्मीलाई समेत फोन गरेको खुलेको छ। उनीसँग भने पैसा नभएर अरु कसैको नाम लिएर छ/छैन भनेर मात्रै सोधेको रेग्मीले बताएका छन्। यस आधारमा करिब साढे ३ मा मानबहादुरले झुन्डिएर आत्महत्या गरेको प्रहरीले अनुमान गरेको छ। 

खोलामा खुकुरी पखालेर करमको रुखमा झुन्डिए
हत्यापछि आफ्नै घर फर्किएका मानबहादुरले चाउचाउ र बिस्कुट खाएपछि रगत लतपतिएका कपडा झोलामा प्याक गर्छन्। र, रगत नलागेको अर्को कपडा लगाउँछन्। त्यसपछि उनी घरबाट निस्कन्छन्।

उनको घरबाट करिब २० मिनेट जति पर नहा खोला छ। उक्त खोलामा मानबहादुरले नुहाएको प्रमाण फेला पर्छ। खोलाका ढुंगामा रगतका केही टाटा देखिन्छन्। खुकुरी र दाप पनि त्यही खोलामा पखालेको हुनुपर्ने प्रहरीको निष्कर्ष छ।

त्यसपछि झोलुंगे पुल तरेर पारि गएपछि करमको रुखमा उनले झुन्डिएर उनले आत्महत्या गर्छन्। उनले आत्महत्या गरेको स्थान नजिकै ठूलो तारेभीर छ। त्यही भीरमा निकै तल हुत्याएको अवस्थामा दापसहितको खुकुरी, टर्च लाइट, झोला प्रहरीले फेला पारेको छ। ‘यस्तो अक्करे भीरमा फालिएको थियो कि यी सबुत प्रमाण झिक्नै हामीलाई झन्डै २ घन्टा लाग्यो,’ डिएसपी कुवँर भन्छन्।
 
भीरमा फेला परेको झोलाभित्र रगत लतपतिएका मानबहादुरका कपडाहरु फेला पर्छन्। प्रहरीले आत्महत्या गरेको ठाउँको मुचुल्का उठाउँछ। र, झुन्डिएको डोरी लिएर प्रहरी टोली पुन: मानबहादुरको घरमा फर्किन्छ। झुन्डिन प्रयोग गरिएको डोरीको बाँकी भाग मानबहादुरकै पसलमा भेटिन्छ। उनले आफ्नै पसलमा बेच्न राखेको नाइलनको डोरीको केही भाग काटेर त्यही डोरीमा झुन्डिएको पुष्टि हुन्छ। 

बमबहादुरको घर। यहीँ लागेको थियो रगतको आहाल। रगत गन्हाउने भन्दै यहाँ धेरै दिन खोया बालिएको थियो

हत्यापछि उनी घरमै फर्किएको पुष्टि हुन अर्को आधार रगत लतपतिएको टिसर्ट पनि हो। अन्य कपडा फेरेर झोलामा प्याक गरेपछि मानबहादुरले एउटा टिसर्ट भने झोलामा हाल्न बिर्सिन्छन्। उक्त डोरी र टिसर्ट पनि प्रहरीले प्रमाणको रुपमा उठाउँछ।

घटनासँग सम्बन्धित सबुत प्रमाणहरु डोरी, खुकुरी, टर्च, झोला कपडा सबै आफ्नै घरको भएको भन्दै मानबहादुरका आमाबाले स्विकार्छन्। यसरी हत्या भएको केही घन्टामै प्रहरीले हत्याराका रुपमा मानबहादुरलाई पुष्टि गर्छ।

प्रहरी अनुसन्धानले मानबहादुरले नै घटना गराएको भन्ने धेरै आधार र प्रमाणहरु जुटाइसकेको छ। 

मानबहादुरले नै हत्या गरेका हुन्? यस्ता छन् प्रहरीले जुटाएका आधार :
– भागेर ज्यान जोगाएकी १४ वर्षीया बालिका सीता खजुमले मास्क लगाएर आएको एक जनाले टर्च बाल्दै खुकरी प्रहार गरेको बताउनु।
– हत्या गर्ने समयमा मानबहादुरले लगाएका कपडाहरु बरामद हुनु र त्यसमा रगत लाग्नु।
– भीरमा फालेको खुकरी मानबहादुरले बोक्ने गरेकै खुकुरी भएको परिवारले बताउनु।
– मानबहादुरले प्रयोग गरेको टर्च आफ्नै घरको भएको भन्दै परिवारले सनाखत गर्नु।
 – मानबहादुरले बोकेको झोलाभित्र ४ हजार ५० रुपैयाँ भेटिनु। (जुन पैसा भाइ शिखरले विराटनगर उपचार गराउन जान भन्दै ६ गते दिउँसो दिएका थिए)।
– मानबहादुरले प्रयोग गरेको मोबाइलको सिमसँग परिवारका सदस्यसँगको कनेक्सन हुनु।
–  मानबहादुर झुन्डिएको डोरी र उनको घरमा फेला परेको डोरी एउटै हुनु।
– हत्याअघि मोरङको लेटाङमा रहेका भिनाजुसँग १० मिनेट लामो कुरा गर्दै एकै व्यक्तिले २० जनासम्म मारेको बताउनु र मारेपछि स्वर्ग जान्छ कि जाँदैन भनेर सोध्नु।
– विदेश गएपछि श्रीमती गर्भवती बन्नु र त्यहीँबाट सम्बन्ध बिग्रदै जानु। अंशसहितको सम्बन्ध विच्छेदको मुद्दा खेप्नु। साढु दाइसँग आफ्नी श्रीमतीको यौन सम्बन्धबारेको हल्ला सुन्नु।
– मानबहादुर आफैं मानसिक रोगी हुनु।
– हत्यापछि कुनै पनि धनमाल नलैजानु (प्रहरीले बमबहादुरको घरबाट ५६ हजार ८ सय ६० रुपैयाँ फेला पारेको थियो। धनराजको घरबाट करिब ४८ हजार, सुनको औंठी, सिक्री, घडी २ थान, सुनको कुण्ड, फुली फेला पारेर सम्बन्धित परिवारलाई जिम्मा लगाएको थियो)।
– दुवै परिवारको हत्या भएकाले दुवै परिवारसँग नाता गाँसिएको व्यक्तिले हत्या गरेको हुन सक्ने विश्लेष्ण गर्नु।
– प्राविधिक पाटो (कलवाइज लोकेसन, भिएलआर र बिटिएस) सम्पूर्ण केलाउँदा मानबहादुर मात्रै सिनमा देखिनु।

मानबहादुरले दुई परिवारका ९ जनाको हत्या गरे पनि एक बालिका उक्त घटनाबाट बच्न सफल भइन्। ती हुन्, सीता खजुम। जो हजुरबा बमबहादुर फियाकको घरमा बस्दै आएकी थिइन्। उनी बमबहादुरकी साइँली छोरी बुद्धमायाकी छोरी हुन्। मध्यरातमा अन्धाधुन्ध खुकुरी प्रहार गर्दा कुन अवस्थामा थिइन् सीता? मानबहादुरलाई कसरी छलेर लड्दैलड्दै उनी अर्को घरमा गएर लुकिन्? कहाँ छिन् उनी? बाँकी अर्को शृंखलामा।

आरुबोटे नरसंहार : नेपाल लाइभका यसअघिका शृंखला
आरुबोटे नरसंहार-१ : नौ जनाको हत्या घटनामा कसरी जोडियो सिसाकाण्ड?

आरुबोटे नरसंहार-२ : आरुबोटेमा सिसाकाण्ड, हत्या आरोपी मानबहादुर फिदिमतिर

आरुबोटे नरसंहार-३ : हत्याअघि मानबहादुरको त्यो कल– एउटैले २० जना मार्न सक्छ!

आरुबोटे नरसंहार-४ : सवा घन्टामै यसरी गरियो ९ जनाको हत्या 

आरुबोटे नरसंहार-५ : ९ जनाको हत्यामा कसरी जोडियो वैदेशिक रोजगार?

प्रकाशित मिति: सोमबार, जेठ २७, २०७६  १४:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्