भैरहवा- 'नावालकको सवारी ज्यानसम्बन्धी मुद्धा मिलाइदिन्छु' भन्दै घुस माग्ने रुपन्देही जिल्ला अदालतका एक कर्मचारी घुससहित पक्राउ परेकी छन्।
जिल्ला अदालतकी बाल मनोविज्ञ शान्तिदेवि अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले १० हजार घुससहित रङ्गे हात पक्राउ गरेको हो।
अधिकारीलाई भैरहवाको अञ्चलपुरस्थित नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रको परिसर भित्रबाट पक्राउ गरिएको अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिए।
उनलाई बिहान ११ः३० बजेतिर पक्राउ गरिएको हो। उनको थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। अधिकारी यसअघि प्राध्यापन पेसामा आवद्ध थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।