गाईघाट– उदयपुरमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
घुर्मीबाट कटारीतर्फ जाँदै गरेको बा ३ ख ४१३० नम्बरको टिपर आइतबार राति साढे ९ बजे सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी नगरपालिका–११ मा दुर्घटना भएको थियो।
सडकबाट अन्दाजी ९ सय मिटर तल खसेर टिपरका चालक सोलुखुम्बु नेचाका २१ वर्षीय सुजन भण्डारीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
भण्डारीको शव पोष्टमार्टमका लागि राति नै कटारी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।