काठमाडौं– जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाइकल चोरी गर्ने गिरोहका ५ जनालाई पक्राउ गरेको छ। नेपाल तथा भारतका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बिक्री गर्ने गरेको विशेष सूचनाका अधारमा उनीहरुलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–८का १९ वर्षीय श्यामसुन्दर यादव, सोहीका ठाउँका १८ वर्षीय गुलनप्रसाद यादव, बारागढी गाउँपालिका–२ मलाहीका २० वर्षीय सरेश मुखिया बिन, सोही ठाउँका १८ वर्षीय धर्मेन्द्र मुखिया बिन र सोही ठाउँका १९ वर्षीय नन्दकिशोर सहनी रहेको बाराका एसपी सानुराम भट्टराईले जानकारी दिए।
उनीहरुलाई आइतबार राति सवा ११ बजे जिल्ला प्रहरी बारा र इलकाका प्रहरी कार्यालय बारागढीबाट खटिएको संयुक्त टोलीले बारागढी गाउँपालिका–२ दौरवा मठबाट चोरीको मोटरसाइकलसहित पक्राउ गरेको हो।
उनीहरुले चोरी गरेको अनटेस्ट मोटरसाइकल १ थान र भारतीय नम्बर प्लेटको १ थान गरी २ थान मोटरसाइकल बरामद गरिएको छ।
उनीहरुलाई चोरी मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।