काठमाडौं- नेपाली सेनाले १ सय ५० अधिकृत (क्याडेट) पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।
आज खुलाइएको विज्ञापन अनुसार खुलातर्फ ८३ जनाका लागि कोटा निर्धारण गरिएको छ भने समावेशीतर्फ महिला १३, आदिवासी/जनजाति २२, मधेसी १९, दलित १० र पिछडिएको क्षेत्रबाट ३ जनाको कोटा छ।
१८ वर्ष पूरा भई २१ वर्ष ननाघेका न्युनतम प्रमाणपत्र तह उतीर्ण गरेका इच्छुकले आवेदन दिन सक्नेछन्।
माघ ३ गतेसम्म दरखास्त दिन सकिने विज्ञापनमा उल्लेख छ। दोब्बर दस्तुर बुझाएर माघ १० गतेसम्म दरखास्त दिन सकिनेछ।
दरखास्त फाराम जंगी अड्डा भद्रकालीसहित सबै पृतनाहरुबाट पाइनेछ।
पूरा विज्ञापन हेर्न यहाँ क्लिक गर्नुस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।