गोरखा- जिल्लामा नै पहिलो पटक 'मिस गोरखा ब्युटी विथ ब्रेन २०७४' आयोजना गरिएको छ।
सौन्दर्य कला व्यवसायी संघ गोरखा शाखाद्वारा आयोजित प्रतियोगितामा गोरखा घर भई देशैभरि छरिएर रहेका गोरखाली युवतीहरु सहभागी छन्।
उनीहरुबीच पहिलो र दोस्रो चरणको छनोट सकिएको छ। अडिसन पार गरेर उत्कृष्ट २० मा परेका युवतीहरुबीच आगामी पुस २७ गते पृथ्वी जयन्तीमा प्रतिस्पर्धा हुँदैछ। सोही दिन मिस गोरखा घोषणा गरिने आयोजकले जनाएको छ।
प्रतियोगीहरुले अहिले विभिन्न विधामा प्रशिक्षण लिइरहेको सौन्दर्य कला ब्यवसायी संघ गोरखाकी प्रतिनिधि रोस्ता श्रेष्ठले जानकारी दिइन्।
प्रशिक्षणमा उनीहरुको फोटो सुट, भिडियो प्रोफाइल, संस्कार संस्कृति तथा शैक्षिक अवलोकन भ्रमण, सेल्फ ट्यालेन्ट राउन्ड गराउने काम भइरहेको संघकी अध्यक्ष शुकु श्रेष्ठले बताइन्।
मिस गोरखा विजेताले नगद ५० हजार र साथमा अन्य उपहार पाउनेछन्। त्यस्तै फस्ट रनरअपले क्राउनसहित ३० हजार रुपैयाँको साथमा अन्य पुरस्कार, सेकेन्ड रनरअपले क्राउनसहित २० हजार रुपैयाँ र थर्ड रनरअपले १० हजार रुपैयाँ पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।