एजेन्सी- भारतमा भएको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले गुजरात र हिमाञ्चल प्रदेशमा बहुमत प्राप्त गरेको छ।
गुजरातमा १८२ सिटका लागि भएको निर्वाचनमा ९९ सय सिट भाजपाले जितेको छ। कांग्रेसले ७७ सिट, नेशनलिस्ट कांग्रेस पार्टीले १, भारतीय ट्राइबल पार्टीले २ र निर्दलीयले ३ सिट हासिल गरेका छन्।
२०१२ मा भएको चुनामा गुजरातमा भाजपाले ११५ सिट जितेको थियो। गुजरातको प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य पनि हो।
६८ सिट रहेको हिमाञ्चलमा भने भाजपाले ४४ सिटमा विजय हासिल गरेको छ। कांग्रेस आई २१ सिट खुम्चिएको छ भने यहाँ सिपिएमको १ र निर्दलीयको २ सिट आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।