काठमाडौं-आइतबार साँझ वर्षासँगै आएको हावाहुरी र चट्याङका कारण पर्सामा एक जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन्।
आइतबार साँझ ठोरी गाउँपालिका-१ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको पर्सा प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
मृतकको नाम खुल्न सकेको छैन।
वीरगञ्जमा ३ जना घाइते भएको तर उनीहरुको नाम खुल्न सकेको छैन।
हावाहुरीको क्षतिका सम्बन्धमा थप जानकारी लिने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ।
क्षतिको पूर्ण विवरण आउन बाँकी छ।
पर्सामा शनिबार पनि हावाहुरीका कारण ४ जना घाइते भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।