जनकपुर- जिल्ला अस्पताल महोत्तरीको प्रसुति कक्षको शौचालयमा सालनालसहित बेबारिसे बालिकाको शव फेला परेको छ।
आइतबार बिहान अस्पतालको शौचालय सफा गर्ने क्रममा बालिकाको शव भेटिएको अस्पताल स्रोतले बताएको छ।
शव भेटिएपछि प्रहरी र अस्पताल प्रशासनलाई खबर गरिएको थियो।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान थालेकाे छ।
प्रहरी निरीक्षक विज्ञान बस्नेतले अस्पताल परिसरमा शिशुको शव फेला परेको सम्बन्धमा अनुसन्धान भइरहेको तर बालिकाको शव कसले फालेको भन्ने पत्ता लागि नसकेको बताए।
जलेश्वर अस्पतालका प्रमुख डा. राजिव झाले दोषी पत्ता लगाउने प्रयास जारी रहेको जानकारी दिए।
घटना स्थलमा केही कपडा र हातको पन्जासमेत देखिएको प्रत्यक्षदर्शीले बताएका छन्।
उनीहरुले गर्भपतन कसले गराएको भन्ने थाहा नभएको अस्पतालका कर्मचारीले बताएका छन्।
प्रसुति कक्ष बन्द रहेको र बिहान शौचालय सफा गर्नै बेलामा शव देखिएको अस्पताल स्रोतले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।