काठमाडौं– इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आफ्नो भनाइबाट प्रेस जगतलाई चोट पर्न गएको भन्दै माफी मागेका छन्।
आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै मेयर चौधरीले पत्रकारसँग संवादका क्रममा व्यक्त गरेको आक्रोशपूर्ण विचार फिर्ता लिएको उल्लेख गरेका छन्।
'मेरा भनाइबाट सञ्चार जगतमा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै व्यक्त विचार फिर्ता लिन चाहन्छ,’ आइतबार जारी विज्ञप्तिमा उनले उल्लेख गरेका छन्।
पत्रकार विराट अनुमपसँग केहीदिन अघि फेसबुक स्टाटसलाई लिएर आक्रोशित बनेका मेयर चौधरीले फोनमार्फत् नाकको डाँडी भाँच्ने धम्की दिएका थिए। यही धम्कीलाई लिएर उनी विवादित समेत भएका थिए।
‘मेरो सञ्चारजगतप्रति चोट पुर्याउने कुनै मनसाय छैन र आगामी दिनमा पनि रहने छैन,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘हामी दुवै पक्ष परिष्कृत र परिमार्जित बन्दै इटहरीको समृद्धि र विकासमा अघि बढ्नुपर्छ भन्ने मेरो मान्यता छ।’
मेयर चौधरीले यसअघि पनि पत्रकारलाई लोपारेका कारण विवादित बनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।