काठमाडौं- काठमाडौं र आसपासका क्षेत्रमा विभिन्न स्थानहरुमा हावा हुरीसहित वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हावा हुरीसहितको वर्षा हुन सक्ने भन्दै महाशाखाले सचेत रहन आग्रह गरेको हो।
आइतबार साँझ एक ट्विट गर्दै महाशाखाले भनेको छ, 'भर्खर विकशित भएको प्रणालीका कारण धेरै स्थान प्रभावित हुन सक्ने भएकाले सबैलाई सतर्क रहन अनुरोध छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।