काठमाडौं– कोरिया रोजगारी सन् २०२० का लागि ९२ हजार ३ सय ५२ जना युवाहरूले आवेदन दिएकोमा शनिबार र आइतबार गरेर ८४ हजार २ सय १५ जना विद्यार्थी सहभागी भएका छन्।
८ हजार १ सय ४१ जना विद्यार्थीहरू अनुपस्थिति भएका छन्। जसमध्ये अमर्यादित काममा संलग्न र अरुको परीक्षा दिन आएका १ सय ५६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
यस वर्ष हालसम्मकै बढी परीक्षार्थीले आवेदन दिएका थिए।
गत चैत ८ देखि १० दिनसम्म खुलेको आवदेनमा युवाहरूले अनलाइन प्रणालीबाट फारम भरेका थिए। सन् २०२० का लागि सञ्चालन भएको परीक्षाबाट कोरियाले १० हजार ५० युवालाई छनोट गर्नेछ।
यस मध्ये उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० छानिने छन् भने कृषि क्षेत्रमा ३ हजार युवाको नाम प्रकाशित हुनेछ।
परीक्षार्थीलाई एक घण्टा अभिमुखीकरण तालिम दिने भएकाले इपिएस कार्यालयले निर्धारित समय भन्दा दुई घण्टा अघि नै परीक्षा केन्द्रमा प्रवेश गर्न आह्वान गरेको छ।
परीक्षार्थीका लागि २८ केन्द्र काठमाडौंमा तोकिएको छ भने ४ केन्द्र पोखरा तोकिएको छ।
आर्थिक कमाइको उत्कृष्ट गन्तव्य रहेको कोरियामा ५५ हजार बढी नेपाली युवाहरू रोजगारीमा रहेका छन्।
दुई देशका सरकार बीच सम्झौता भई सरकारी तबरमा २००८ देखि नेपालले दक्षिण कोरियामा कामदार पठाउँदै आएको छ।
परीक्षाको नतिजा असार १३ मा प्रकाशित हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।