जनकपुर- निर्माणाधीन जनकपुर-जलेश्वर-भिठामोड सडकखण्ड अन्तर्गत चार वर्षमा काम सक्ने गरी भएको सम्झौताको अवधि पूरा हुन चार महिना मात्र बाँकी छ। तर, हालसम्म कार्य प्रगति शून्य देखिएको विकास तथा प्रविधि अनुगम समितिका संयोजक प्रतिनिधिसभा सदस्य इन्दु शर्माले जानकारी गराएकी छन्।
संघीय सांसद अन्तर्गत विकास तथा प्रविधि समितिले स्थलगत अनुगमको क्रममा उपलब्धिमूलक नदेखिएको पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ।
ठेक्का सम्झौता भएको २०७३ भदौ २३ गते भएपछि निर्माण कार्य सुरु भएको थियो। अनुगमनको क्रममा गुणस्तरहीन, कमसल र सम्झौता विपरीत कार्य भएको समिति संयोजक शर्माले बताइन्।
जनकपुरदेखि भीठमोड सम्मको १८ किलोमिटरलाई दुई भागमा विभाजन गरी दुई ठेकेदार कम्पनीलाई जिम्मा दिएको थियो। तर, सम्झौता अनुसार कार्य नभएको अनुगमन समितिको ठहर छ।
'सडकमा प्रयोग गरिएको माटो समेत सडक छेउबाट नै झिकिएको छ,' शर्मा भन्छिन्, 'यो सम्झौता विपरीत हो।'
शर्माले पत्रकार सम्मेलनमा भनिन्, ‘स्थानीयको जग्गाबाट माटो प्रयोग गरिएको छ यस्तो नहुनुपर्ने हो तर, त्यस्तै देखिएको छ।’
निर्माण कम्पनीले देखा अनुसार ५ प्रतिशत कार्य पनि सम्पन्न नभएको शर्माले बताइन्।
अनुगम समितिले ठेक्कामा संलग्न ठेकेदार र कर्मचारी सबै अनुसन्धानको घेरामा रहेको र समितिले आफ्नो प्रतिवेदन बुझाउँदा कारबाहीको लागि कार्यमा संलग्न सबैलाई कठघरामा उभ्याउने उनले बताइन्।
ऐतिहासिक र व्यापारिक मार्गको रुपमा बहुचर्चित सडक खण्डको अवस्था र दुरावस्थाबारे बारम्बार सूचना माग्दा समेत सूचना उपलब्ध नगराएको गुनासासमेत सुनिएको अनुगम समितिको भनाइ छ।
अनुगमन समितिका अर्का सदस्य मीनाक्षी झाले भौतिक मन्त्रालय र अन्य सरोकारवालालाई बारम्बार ध्यानाकर्षण गराएको स्पष्ट पारिन्। ]
विगत १० वर्षदेखिको लामो संघर्षबाट सुरु भएको उक्त सड़कमा ठेकेदारले दुई नम्बरी काम गरेको आफ्नै नजरले हेरेको जिकिर गर्दै झाले भनिन, ‘अब हामी अनुगमनको क्रममा देखेको त्रुटि र समस्याबारे सम्बन्धित स्थानमा प्रतिवेदन बुझाउँछौं।'
अनुगमनको क्रममा समितिले धनुषा र महोत्तरीको विभिन्न स्थानमा अन्तर्क्रिया गरेर स्थानीयको राय समेत संकलन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।