राजविराज– अवैध रुपमा मदिरा ओसार–पसार गर्ने दुई जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।
हनुमाननगर कंकालिनी नगरपालिका–७ का हरेराम मुखिया र राजकुमार मण्डललाई प्रहरीले पक्राउ गरेको हो।
नेपाल–भारत सीमा आसपासबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
उनीहरूको साथबाट ५१ हजार मूल्यको ६३ कार्टुन दिलवाले मदिरा र दुई थान साइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्स्पेक्टर गुरु तिम्सिनाले बताए।
दुवैले साइकल मार्फत मदिरा ओसार–पसार गर्ने गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवैलाई मदिरा र साइकलसहित जिल्ला भन्सार कार्यालयमा बुझाइएको तिम्सिनाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।