झाडु लगाउँदै गृहमन्त्री थापा।
काठमाडौं- मन्त्री निवास पुल्चोकको सरसफाइमा मन्त्रीहरु सहभागि भएका छन्।
विश्व वातावरण दिवसको साताव्यापी कार्यक्रमअन्तर्गत मन्त्रीहरु आतइतबार बिहानै मन्त्री निवास पुल्चोकमा झाडु लगाउन निस्किए।
सरसफाई कार्यक्रममा कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा, वनमन्त्री शक्ति बस्नेतलगायत सहभागि भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।