काठमाडौं- इलाममा एक नवजात शिशुको शव फेला परेको छ। देउमाई नगरपालिका-८, जितपुरस्थित जंगबहादुर राईको उत्तिसको बारीमा नवजात शिशुको शव फेला पारिएको इलाका प्रहरी कार्यालय मंगलबारे इलामका प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए।
बिहीबार मध्यान्ह १२:३० बजे शव भेटिएको सूचनाका आधारमा साह नेतृत्वको टोली घटनास्थल पुगेको थियो।
उक्त घटनाबारे अनुसन्धान गर्दा प्रहरीले सोही स्थान बस्ने वर्ष ३२ कि कल्पना राईले श्रीमान् वैदेशिक रोजगारीमा रहेको अवस्थामा अवैध शारीरिक सम्बन्धबाट गर्भ रहन गएकोले सो शिशुलाई जन्माई फालेको खुल्न आएको बताएको छ।
घटनामा संलग्न सोही स्थान बस्ने वर्ष ४० का लोकबहादुर राई र कल्पना राईलाई नियन्त्रणमा लिई कानुन बमोजिम म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। शिशुको शव पोष्टमार्टमको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।