• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, फागुन ३, २०८२ Sun, Feb 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

साहित्यिक मेलामा पुगेका गोविन्द केसीले खुलाए तस्बिर खिच्नुको रहस्य

64x64
नेपाल लाइभ सोमबार, पुस ३, २०७४  ०७:३२
1140x725

काठमाडौं- 
आँखाको भाका बुझेर आऊ सुस्तरी सुस्तरी 
मधुर गीत गजल गाऊ सुस्तरी सुस्तरी… 

दर्शकले भरिएको हलमा एकनास ताली बजिरहेका छ। गजलमा भनिएझैँ वातावरण एकाग्रमा सुस्तरीसुस्तरी सुस्ताइरहेको छ। लाग्छ दर्शक स्वासको आवाज पनि निकाल्न तयार छैनन्। 

जमलस्थित नाचघर साहित्यको सरगममा यसरी नै रङ्मङिइहेको थियो शनिबार।

सेतो एप्रोन लगाएर अस्पतालका बहिरंग र शल्यकक्ष कक्षमा बिरामीसँग उनका समस्या बुझ्दै गरेका भेटिने चिकित्सक भने अलग्गै रङमा भेटिए। तिनका साथमा न त बिरामी थिए, न त त्यहाँ कुनै शिविर चलिरहेको थियो। 

चिकित्सा शिक्षा र सेवालाई सहज रुपमा ३ करोड नेपालीको पहुँचमा पुर्‍याउनुपर्छ, जनताका छोराछोरीले सजिलै सस्ता–सुलभ रुपमा चिकित्सक बन्न पाउनुपर्छ भन्दै १३औँ पटकसम्म अनशन बसेका प्राडा गोविन्द केसी पनि छुट्टै उत्साहमा देखिन्थे।

उनी मात्र होइन, हातमा सिरिन्ज र चिरफारका बन्दोबस्तीका सामानसहित गंगालालको शल्यकक्षमा हुने डा रामेश कोइराला, डा रवीन्द्र समीर, स्वास्थ्यका भाषालाई जनताले बुझ्नुपर्छ भन्दै सञ्चारमाध्यमबाट वकालत गर्ने डा सुवास प्याकुरेल लगायतको चिकित्सा शिक्षा पढ्दै गरेका विद्यार्थी लगायतको समूह नाचघरमा साहित्यिक माहोल बनाउन व्यस्त थियो।

सन्दर्भ थियो, मेडिकल लिटरेचर मेला २०१७। उपस्थित चिकित्सक कुनै चिकित्सकीय सेमिनारमा नभएर छुट्टै विधा साहित्यको विधामा आफ्ना अन्तरमुखी प्रतिभा, सिर्जना सुनाउन र सुन्न आएका थिए। सधैं राजनीतिक दल र मेडिकल माफियालाई गाली गर्दै अनसन बसिरहने डा केसी आफ्नै कथा सुनाउन व्यस्त थिए।

देशका साबिकका ७५ जिल्ला कम्तीमा तेहराई पुगेको भन्दै केसी उपचार सेवाकै लागि आफूलाई विभिन्न ठाउँमा पुग्दै गर्दा हरेक स्मृति क्यामेरामा कैद गर्न मन लाग्ने रुचिका बारेमा सुनाइरहेका थिए। देशभित्र र बाहिर हाइटी, पास्कितान, भारत लगायतका विभिन्न देशमा विपत्तिका समय पुगेर बिरामीलाई उपचार गर्ने क्रममा लिइएका तस्बिर हेर्दा दर्शकलाई त्यही ठाउँमा पुगेको भान हुन्थ्यो। 

Ncell 2
Ncell 2

चिकित्सक र साहित्यको सम्मिश्रण कति लोभलाग्दो छ भन्ने बुझ्न जनस्वास्थ्य एक दर्जनभन्दा बढी साहित्य कृति प्रकाशन गरिसकेका प्रजनन तथा बालस्वास्थ्य विशेषज्ञ डा रवीन्द्र समीरका लघुकथा सुने पुग्छ। अलिअलि व्यंग्य तर छोटो र थोरै शब्दमा चाहेको सन्देश सजिलै पाठकसम्म पुर्‍याउन खप्पिस डा समीरले चिकित्कीय पेसाका क्रममा भइरहने गतिविधिलाई लघुकथामा समेटे।

चिकित्सकीय व्यस्तताका बीचबाट सुटुक्क समय निकालेर दुई पुस्तक  निकालिसकेका मुटुरोग विशेषज्ञ तथा सर्जन डा रामेश कोइरालाले साहित्य लेखनमा चिकित्सा पेसा साधक कि बाधक भनेर आफ्ना अनुभव साट्दै गर्दा लाग्यो अस्पताल त साहित्यका लागि कथाको भण्डार पो रहेछ। 

चिकित्सकीय सेवामा आउन पढ्दै गरेका चिकित्सकका विद्यार्थीलाई उनी भन्दै थिए, 'बुझ्न र देख्न सकेमा अस्पतालमा जति लेखनका लागि विषयवस्तु र कथा अन्यत्र भेटिन्न, यति हो त्यसलाई हामीले साहित्यमा ढाल्न सक्नुपर्छ।' 

आयोजकमध्येका एक चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका एमबिबिएसका विद्यार्थी विशद दाहाल चिकित्सकले समाउने कलमले औषधिको नाम मात्र नभई साहित्यका शब्दलाई कृतिमा समेत उतार्न सक्ने बताइरहेका थिए।

डा सरोज धितालले पनि कला र साहित्यका बारेमा बताइरहँदा चिकित्सकहरु पाठ्यपुस्तकमा मात्र होइन, साहित्य विधामा बेजोड दखलबारे आँकलन गर्न सकिन्थ्यो। साहित्यकार दुर्गममा रहेर त्यहाँको कुरीतिलाई चिर्नसमेत लागिपर्ने परिचारिका राधा पौडेल, सुलोचना मानन्धरका कविताले साहित्यको गहिराइमा पुर्‍याएको थियो। 

नाचघरका प्रबन्ध निर्देशक राजेश थापाले चिकित्सकको साहित्य सिर्जनाले नयाँ अनुभव भएको भन्दै आगामी दिन चिकित्सकका साहित्य कार्यक्रमका लागि निशुल्क हल उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

दिनभर समाचार कक्षको डेस्कमा बसेर चिकित्सकका लेख, स्वास्थ्यकै समाचार प्रवाह गर्न व्यस्त स्वास्थ्यखबर पत्रिकाका डेस्क सम्पादक तथा गजलकार जनक पौड्यालले समेत समय निकालेर गजल सुनाउन भ्याए। चिकित्सकका बीच आफ्ना गजल गाउँदै गर्दा नौलो अनुभव भएको उनको प्रतिक्रिया थियो। 

बिट मार्नुअघि उनले गजल गाए- 

आँधीबीच एक्लो हुँदा नाउँ जिन्दगीको 
नदुखेको कसको छ र घाउ जिन्दगीको 
समयले देखाउँछ हिँड्नुपर्ने बाटो 
नियतिले चालिदिन्छ पाउ जिन्दगीको। 

प्रकाशित मिति: सोमबार, पुस ३, २०७४  ०७:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
युक्रेनमा रुसी आक्रमण जारी, ओडेसामा मानवीय क्षति बढ्दै
निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गराउन प्रधानसेनापतिको विशेष निर्देशन
राप्रपाको चुनावी घोषणापत्रमा प्रदेश खारेजी र गैरदलीय स्थानीय तहको एजेन्डा (पूर्णपाठ)
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र चिनियाँ विदेशमन्त्री वाङ्ग यी बीच भेटवार्ता शनिबार, फागुन २, २०८२
छुट्टाछुट्टै दुर्घटनामा ८ जनाको मृत्यु शनिबार, फागुन २, २०८२
युक्रेनमा रुसी आक्रमण जारी, ओडेसामा मानवीय क्षति बढ्दै शनिबार, फागुन २, २०८२
निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गराउन प्रधानसेनापतिको विशेष निर्देशन शनिबार, फागुन २, २०८२
राप्रपाको चुनावी घोषणापत्रमा प्रदेश खारेजी र गैरदलीय स्थानीय तहको एजेन्डा (पूर्णपाठ) शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
पार्टी बचाउन बाबुराम भट्टराईलाई कारबाही गर्नुपरेको थियो : प्रचण्ड शुक्रबार, फागुन १, २०८२
कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्