• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

साहित्यिक मेलामा पुगेका गोविन्द केसीले खुलाए तस्बिर खिच्नुको रहस्य

64x64
नेपाल लाइभ सोमबार, पुस ३, २०७४  ०७:३२
1140x725

काठमाडौं- 
आँखाको भाका बुझेर आऊ सुस्तरी सुस्तरी 
मधुर गीत गजल गाऊ सुस्तरी सुस्तरी… 

दर्शकले भरिएको हलमा एकनास ताली बजिरहेका छ। गजलमा भनिएझैँ वातावरण एकाग्रमा सुस्तरीसुस्तरी सुस्ताइरहेको छ। लाग्छ दर्शक स्वासको आवाज पनि निकाल्न तयार छैनन्। 

जमलस्थित नाचघर साहित्यको सरगममा यसरी नै रङ्मङिइहेको थियो शनिबार।

सेतो एप्रोन लगाएर अस्पतालका बहिरंग र शल्यकक्ष कक्षमा बिरामीसँग उनका समस्या बुझ्दै गरेका भेटिने चिकित्सक भने अलग्गै रङमा भेटिए। तिनका साथमा न त बिरामी थिए, न त त्यहाँ कुनै शिविर चलिरहेको थियो। 

चिकित्सा शिक्षा र सेवालाई सहज रुपमा ३ करोड नेपालीको पहुँचमा पुर्‍याउनुपर्छ, जनताका छोराछोरीले सजिलै सस्ता–सुलभ रुपमा चिकित्सक बन्न पाउनुपर्छ भन्दै १३औँ पटकसम्म अनशन बसेका प्राडा गोविन्द केसी पनि छुट्टै उत्साहमा देखिन्थे।

उनी मात्र होइन, हातमा सिरिन्ज र चिरफारका बन्दोबस्तीका सामानसहित गंगालालको शल्यकक्षमा हुने डा रामेश कोइराला, डा रवीन्द्र समीर, स्वास्थ्यका भाषालाई जनताले बुझ्नुपर्छ भन्दै सञ्चारमाध्यमबाट वकालत गर्ने डा सुवास प्याकुरेल लगायतको चिकित्सा शिक्षा पढ्दै गरेका विद्यार्थी लगायतको समूह नाचघरमा साहित्यिक माहोल बनाउन व्यस्त थियो।

सन्दर्भ थियो, मेडिकल लिटरेचर मेला २०१७। उपस्थित चिकित्सक कुनै चिकित्सकीय सेमिनारमा नभएर छुट्टै विधा साहित्यको विधामा आफ्ना अन्तरमुखी प्रतिभा, सिर्जना सुनाउन र सुन्न आएका थिए। सधैं राजनीतिक दल र मेडिकल माफियालाई गाली गर्दै अनसन बसिरहने डा केसी आफ्नै कथा सुनाउन व्यस्त थिए।

देशका साबिकका ७५ जिल्ला कम्तीमा तेहराई पुगेको भन्दै केसी उपचार सेवाकै लागि आफूलाई विभिन्न ठाउँमा पुग्दै गर्दा हरेक स्मृति क्यामेरामा कैद गर्न मन लाग्ने रुचिका बारेमा सुनाइरहेका थिए। देशभित्र र बाहिर हाइटी, पास्कितान, भारत लगायतका विभिन्न देशमा विपत्तिका समय पुगेर बिरामीलाई उपचार गर्ने क्रममा लिइएका तस्बिर हेर्दा दर्शकलाई त्यही ठाउँमा पुगेको भान हुन्थ्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

चिकित्सक र साहित्यको सम्मिश्रण कति लोभलाग्दो छ भन्ने बुझ्न जनस्वास्थ्य एक दर्जनभन्दा बढी साहित्य कृति प्रकाशन गरिसकेका प्रजनन तथा बालस्वास्थ्य विशेषज्ञ डा रवीन्द्र समीरका लघुकथा सुने पुग्छ। अलिअलि व्यंग्य तर छोटो र थोरै शब्दमा चाहेको सन्देश सजिलै पाठकसम्म पुर्‍याउन खप्पिस डा समीरले चिकित्कीय पेसाका क्रममा भइरहने गतिविधिलाई लघुकथामा समेटे।

चिकित्सकीय व्यस्तताका बीचबाट सुटुक्क समय निकालेर दुई पुस्तक  निकालिसकेका मुटुरोग विशेषज्ञ तथा सर्जन डा रामेश कोइरालाले साहित्य लेखनमा चिकित्सा पेसा साधक कि बाधक भनेर आफ्ना अनुभव साट्दै गर्दा लाग्यो अस्पताल त साहित्यका लागि कथाको भण्डार पो रहेछ। 

चिकित्सकीय सेवामा आउन पढ्दै गरेका चिकित्सकका विद्यार्थीलाई उनी भन्दै थिए, 'बुझ्न र देख्न सकेमा अस्पतालमा जति लेखनका लागि विषयवस्तु र कथा अन्यत्र भेटिन्न, यति हो त्यसलाई हामीले साहित्यमा ढाल्न सक्नुपर्छ।' 

आयोजकमध्येका एक चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका एमबिबिएसका विद्यार्थी विशद दाहाल चिकित्सकले समाउने कलमले औषधिको नाम मात्र नभई साहित्यका शब्दलाई कृतिमा समेत उतार्न सक्ने बताइरहेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

डा सरोज धितालले पनि कला र साहित्यका बारेमा बताइरहँदा चिकित्सकहरु पाठ्यपुस्तकमा मात्र होइन, साहित्य विधामा बेजोड दखलबारे आँकलन गर्न सकिन्थ्यो। साहित्यकार दुर्गममा रहेर त्यहाँको कुरीतिलाई चिर्नसमेत लागिपर्ने परिचारिका राधा पौडेल, सुलोचना मानन्धरका कविताले साहित्यको गहिराइमा पुर्‍याएको थियो। 

नाचघरका प्रबन्ध निर्देशक राजेश थापाले चिकित्सकको साहित्य सिर्जनाले नयाँ अनुभव भएको भन्दै आगामी दिन चिकित्सकका साहित्य कार्यक्रमका लागि निशुल्क हल उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

दिनभर समाचार कक्षको डेस्कमा बसेर चिकित्सकका लेख, स्वास्थ्यकै समाचार प्रवाह गर्न व्यस्त स्वास्थ्यखबर पत्रिकाका डेस्क सम्पादक तथा गजलकार जनक पौड्यालले समेत समय निकालेर गजल सुनाउन भ्याए। चिकित्सकका बीच आफ्ना गजल गाउँदै गर्दा नौलो अनुभव भएको उनको प्रतिक्रिया थियो। 

बिट मार्नुअघि उनले गजल गाए- 

आँधीबीच एक्लो हुँदा नाउँ जिन्दगीको 
नदुखेको कसको छ र घाउ जिन्दगीको 
समयले देखाउँछ हिँड्नुपर्ने बाटो 
नियतिले चालिदिन्छ पाउ जिन्दगीको। 

प्रकाशित मिति: सोमबार, पुस ३, २०७४  ०७:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कहाँ छन् रवि लामिछाने?
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ?
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्