काठमाडौँ- महानगरीय अपराध महाशाखा टेकुले कोरियाली भाषा परीक्षा दिने ५५ जना नक्कली परीक्षार्थी पक्राउ गरेको छ।
शनिबार पहिलो दिन भएको परिक्षामा अर्कैको नामबाट परीक्षा दिने ती परीक्षार्थी पक्राउ परेको प्रहरीले जानकारी दिएको छ।
काठमाडौ र ललितपुरका २८ केन्द्रमा सञ्चालित पहिलो चरणको पहिलो दिनको पहिलो सिफ्ट र दोस्रो सिफ्टमा अकैको नाममा परीक्षा दिन हलभित्र प्रवेश गरेका २ महिला र ५३ जना पुरुष गरी जम्मा ५५ जना नक्कली परीक्षार्थीहरुलाई फेला पारी पक्राउ गरीएको प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
उनीहरुलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।