काठमाडौं- आइसिसी क्रिकेट विश्वकप २०१९ मा घरेलु टिम इंग्ल्यान्डले तेस्रो खेलमा उत्कृष्ट ब्याटिङ गरेको छ। शनिबार कार्डिफमा भएको बंगलादेशविरुद्धको तेस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ६ विकेटको क्षतिमा ३८६ रन जोडेको छ।
यो स्कोर इंग्ल्यान्डले विश्वकपमा बनाएको उच्च योगफल हो। यसअघि इंग्ल्यान्डले सन् २०११ मा भारतविरुद्ध ८ विकेटको क्षतिमा ३३८ रन जोडेको थियो।
शनिबार इंग्ल्यान्डका लागि ओपनर जासन रोएले शतक प्रहार गरे। उनले १५३ रन जोडेका उनले १२१ बलमा १४ चौका र ५ छक्का हिर्काए। अर्का ओपनर जोनी बिस्ट्रले ५१ रन बटुले। उनले ५० बलमा ६ चौका प्रहार गरे।
जोए रुट २१ रनमा आउट हुँदा जोस बटलरले ४४ बलमा ६४ रन बटुले। कप्तान इयान मोर्गानले ३५ रन र बेन स्टोक ६ रनमा आउट भए। क्रिस ओएक्सले ८ बलमा २ छक्काको मद्दतमा नटआउट १८ रन र लियाम प्लुङ्केटले ९ बलमा ४ चौका र १ छक्का हिर्काउँदै नटआउट २७ रन जोडे।
बलिङमा मोमहद सइफुदिन र मेहदी हसन मिराजले २-२ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।