धनगढी- बिहीबार साँझ कैलाली र कञ्चनपुरमा आएको भीषण हावाहुरीका कारण कैलालीमा १ हजारभन्दा बढी घरपरिवार पीडित भएको पुष्टि भएको छ।
जिल्ला प्रहरी कार्यालयमा आएका १ हजार ९ सय ३४ निवेदन मध्ये स्थलगत निरीक्षण गरी १ हजार १ सय ७४ परिवार पीडित भएको आधिकारिक पुष्टि भएका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए। उनले बाँकी निवेदन अनुसार शनिबार स्थलगत अध्ययन भइरहेकोले पिडितहरुको वास्तविक तथ्याङ्क आउन अझै समय लाग्ने बताए।
व्यक्तिगत रुपमा आएका निवेदनका आधारमा गरिएको अनुगमनबाट एक हजार १ सय ७४ परिवार पीडित भएको पाइएको उनले जानकारी दिए। उनले बाँकी निवेदन हेरेर स्थलगत अध्ययन गरिने बताएका छन्।
प्रारम्भिक चरणमा निजी घर र सम्पत्तिमा पुगेको क्षतिको मात्रै विवरण आएको र व्यवसायिक प्रतिष्ठानमा पुगेको क्षतिको समेत विवरण संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी बोहराले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।